बचत र लगानी दुवैको उद्देश्य भविष्यको आर्थिक आवश्यकता पूरा गर्नु र सम्भावित जोखिमबाट आफू र परिवारलाई सुरक्षित गर्नु हो । यिनले आर्थिक शक्ति र जोखिमवहन क्षमता प्रदान गर्छ । सामान्यतः बचत र लगानीको सम्बन्ध (क) बचत लगानीको स्रोत तथा लगानीको प्रतिफल बचतको आधारमा परिपूरक, (ख) प्रतिफलका हिसाबले प्रतिस्पर्धी र (ग) ब्याजदर बढ्दा लगानी निरुत्साहित हुने र लगानीको प्रतिफल बढ्दा बचत निरुत्साहित अर्थमा विपरीत सम्बधका हुन् ।
बचत
यहाँ बचत भन्नाले आम्दानीबाट खर्च कटाएर बाँकी रकम भन्दा बैंक तथा वित्तीय संस्था, सहकारीजस्ता पैसाको कारोबार गर्ने संस्थाहरूमा निश्चित वा तोकिएको प्रतिशत ब्याज आउने गरी जम्मा गरिने रकमलाई उल्लेख गरिएको हो । हुनत आमनेपालीहरूमा बचत भन्नेबित्तिकै ‘खर्चै धान्न मुस्किल छ, कसरी बचत गर्नु ? पछि गरौंला’ भन्ने जवाफ आउँछ । पक्कै, असीमित आवश्यकता र सीमित आम्दानीको अवस्थामा बचत असम्भव नै हुन्छ । तर, वास्तवमा बचतको आवश्यकता महसुस गरी प्रतिबद्ध भएमा आम्दानी जति नै हुँदा पनि खर्च व्यवस्थापन गर्दै केही न केही रकम बचाउन सकिन्छ । त्यसैले त भनिन्छ नि, घाँटी हेरेर हाड निल्नु । हामी आम्दानी गर्न नसकेर मात्र होइन, खर्च व्यवस्थापन गर्न नसकेरै ऋणको धरापमा फस्दै बचतबाट टाढिन्छौं ।
मानिसले जबसम्म भविष्यको आर्थिक आवश्यकता वा जीवनमा आइपर्ने जोखिमको आकलन गर्दैन, त्यस बेलासम्म ऊ बचत गर्न अग्रसर हुँदैन । बचत भविष्यमुखी हुने हुँदा बचतकर्ताले बचतको सुरक्षासँगै त्यसबाट केही प्रतिफलको अपेक्षा गरेको हुन्छ । त्यसैले बचतको सुरक्षा, ब्याजदर, कर छुटजस्ता उपायबाट आममानिसलाई बचत गर्न प्रेरित गर्नुका साथै खर्च नियन्त्रणमा प्रोत्साहित गर्न सके बचत सिर्जना गर्न सम्भव हुन्छ ।
सुरुवातमा केही खर्च कटाएर स–सानो रकमको बचत गर्दै आम्दानी बढाउन वा खर्च नियन्त्रण गर्दै जानुपर्छ । मध्यम वा नियमति बचत क्षमता विकास भएसँगै आफू अनुकूल वित्तीय कारोबार गर्ने संस्थामा आवधिक, साधारण, मुद्दतजस्ता बचतको प्रकार र अवधि छानेर व्यवस्थित बचत गर्नुपर्छ । यस्ता संस्थाले बचत रकमको सुरक्षा, तोकिएको वा कबुल मितिमा फिर्ता गर्ने र निश्चित प्रतिशत ब्याज दिने प्रतिबद्धता पनि गरेका हुन्छन् । बचतले आर्जन गर्न थालेसँगै बचत सिर्जनाको चक्रमा प्रवेश र धनवृद्धि हुँदै जानेछ ।
सेयरमा लगानी
सेयरमा लगानी कुल प्रतिफलको हिसाबले बैंक तथा वित्तीय संस्थाभन्दा बढी आकर्षक तर जोखिमपूर्ण मानिन्छ । नेपालमा भने सेयरमा लगानीको जोखिमलाई ढाकछोप गर्दै मुनाफाको लालसा देखाएर स्थानीय र आयोजना प्रभावितका लागि सेयरको आरक्षण र खरिदमा प्रोत्साहित गर्दै आएको छ । जोखिमका कारण नै सेयरमा लाभ–हानिको सम्भावना उच्च हुने मान्यता राखिन्छ । कुनै कम्पनीको सेयरमा लगानी गर्नु भनेको उक्त कम्पनीको नाफा–घाटासहितको हिस्सेदारी र जिम्मेवारी ग्रहण हो । कम्पनीको मुनाफा र लगानीका आधारमा लाभांशमा अधिकार रहन्छ, तर ब्याजजस्तो लाभांश सुनिश्चित हुँदैन । कम्पनीमा घाटा हुँदा वा अन्य केही अवस्थामा लाभांश शून्य हुन सक्छ । यो भनेको लाभांशको जोखिम हो । यसका साथै धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयरको बजारमूल्य विविध कारण परिवर्तन हुन सक्छ । लागत मूल्यभन्दा बजारमूल्य बढी भएको अवस्थामा नाफा र बिक्री गर्दा पुँजीगत लाभ हुन्छ भने बजारमूल्य घटेको अवस्थामा नोक्सानीसमेत बेहोर्नुपर्ने हुन्छ । यसरी सेयर लगानीमा लाभांश र पुँजीगत लाभ–हानिको दोहोरो अवसर र जोखिम जोडिएको हुन्छ ।
केही जोखिम लिन सक्ने, सम्पत्ति वृद्धि (वेल्थ एकुमुलेसन वा म्याक्सिमाइजेसन) गर्न चाहने, बचतभन्दा वैकल्पिक लगानीको क्षेत्रको खोजीमा रहेका व्यक्तिका लागि सेयरमा लगानी अवसर हुन सक्छ । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को अवस्था डिम्याट खाता, मेरो सेयरमार्फत डिम्याट खातामा लग–इन गर्ने सुविधा, बैंक खाता र सीआरएन नम्बर भएमा घरबाट सहजै सेयरका लागि आवेदन गर्न सकिन्छ । धितोपत्र बजार (सेयरबजार) बाट किन्नको लागि डिम्याट नम्बरसहित नागरिकताको फोटोकपी र केही प्रति फोटोसहित आफूलाई पायक पर्ने वा सजिलो सेयर दलाल (ब्रोकर) कम्पनीकहाँ सम्पर्क गरेर ग्राहक पहिचान नम्बर लिई किन्ने चाहेको कम्पनीको सेयर संख्या र मूल्यसहित दलाललाई खरिद आदेश दिनुपर्छ ।

थप टिप्पणीः हाल अनलाइन काराेवारकाे विकल्प समेत उपलब्ध हुनुकाे साथै काराेवार व्यवस्थामा सुधार भैसकेकाे छ । अनलाइन काराेवारका लागि अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण (dilipmuna.blogspot.com), र दाेस्राे बजारमा काराेवारका लागि सेयर (दोश्रो) बजारमा सेयर किनबेच, शुल्क र कर (dilipmuna.blogspot.com) लेखहरू अध्ययन गर्नसक्नु हुन्छ ।
बचत कि सेयर लगानी
बचत र सेयर लगानी परिपूरक तथा प्रतिस्पर्धी क्षेत्र भएकैले मानिस बचत कि सेयरमा लगानी भन्नेमा द्विविधा र अनिर्णयको बन्दी बन्छन् । बचत वा लगानीमध्ये कुनबाट बढी प्रतिफल पाउन सकिन्छ त्यो भने समय, मुद्रा तथा धितोपत्र बजारको अवस्था, व्यक्तिगत जोखिम वहन क्षमता, बचत तथा लगानीको स्रोत र अवधि आदिमा निर्भर रहन्छ । कतिपयलाई निश्चित ब्याज नै सर्वोपरि हुन्छ र सेयरमा तुलनात्मक रूपमा निकै लाभ देखिए पनि जोखिम लिन चाहँदैनन् भने कोही उच्च जोखिम भए पनि असिमित प्रतिफलका लागि सेयरमा लगानी गर्न प्रतिवद्ध हुन्छन् । बचत र लगानीका आ–आफ्नै विशेषता र नाफा–घाटा हुन्छन्, निर्णय गर्नुअघि आफ्नो कम्तीमा निम्न पक्षहरूमा मनन गर्न उपयुक्त हुनेछ ।
आधार
|
वचत
|
शेयर लगानी
|
कैफियत
|
स्रोत
|
खर्च कटाएर वा आम्दानी बढाएर । व्यक्ति वा परिवारले आम्दानी–खर्च व्यवस्थापन गरेर सिर्जना गरेको
रकम वचतमा परिचालन गर्न सकिन्छ । सामान्यतः ऋण वा सापट लिएर वचत गरिँदैन् ।
|
वचत रकम र अन्य स्रोतबाट । जोखिम व्यवस्थापन गर्न सक्ने व्यक्तिले आफूसँग उपलब्ध वचत रकम र ऋण
वा सापटी लिएर पनि शेयरमा लगानी गर्न सक्छ । ऋणबाट लगानी गर्दा थप जोखिम र ऋण र
ब्याज भुक्तानीमा चनाखो हुनुपर्छ ।
|
स–सानो रकम जोहो गरेका र वचत सिर्जनाको
पहिलो चरणमा रहेका व्यक्तिहरुका लागि वचत र केही वचत गरेका, जोखिम लिनसक्नेका लागि शेयर उपयुक्त हुनसक्छ ।
|
जोखिम
|
न्यून वा नगण्य जोखिम । वचत गरिने संस्थाको संचालन जोखिम बाहेक वचतकर्ताले अन्य जोखिम
उठाउनु पर्दैन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय
संस्थाहरुमा हाल तीन लाखसम्मको वचतको सुरक्षण समेत गरिएको हुन्छ ।
|
उच्च वा अत्यधिक । कम्पनीको व्यवसायिक कारण हुनसक्ने नाफाघाटाको कारण हुने लाभांसको
अनिश्चिततासँगै सूचीकृत कम्पनीको बजारमूल्यमा हुने उतारचढावबाट सिर्जित पूँजीगत
जोखिम समेत हुन्छ ।
|
जोखिमवहन क्षमता भएकाहरुका लागि शेयरमा
लगानी र जोखिम नचाहनेका लागि बैंक तथा वित्तीय संस्थामा वचत उपयुक्त हुन्छ ।
|
प्रतिफल
|
निश्चित एकल प्रतिफल । वचत गरिने वित्तिय संस्थाले वचत स्वीकार गर्दा नै वचतको प्रकृति र
अवधिको आधारमा ब्याजदर सुनिश्चित गरेको हुन्छ ।
|
अनिश्चित दोहोरो प्रतिफल । लगानीमा लाभांस र पूँजीगत लाभको दोहोरो प्रतिफलको अवसर हुन्छ । साथै
बजारमूल्यका कारण हुनसक्ने पूँजीगत लाभहानी र लाभांस दुवै अनिश्चित हुन्छ ।
|
निश्चित एकल प्रतिफलका लागि वचत र जोखिम
लिएर दोहोरो प्रतिफलका लागि शेयरमा लगानी लाभदायक हुनसक्छ ।
|
अवधी
|
निश्चित, अल्पकालीन
वा मध्यकालीन । कुनैपनि समयमा रकम राख्न र झिक्न सकिने साधारण वचत, दैनिक वा मासिक रुपमा निश्चित अवधि जम्मा गरिने आवधिक वचत, तथा ३/६/९
महिना वा १/२ वर्ष गरी निश्चित समय रकम जम्मा गरिने मुदति वचत गर्न सकिन्छ ।
|
अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन । भन्न
त मानिसले १–२ हप्ता लगानी गरेर केही नाफा गर्न कुन शेयर किनौं भन्छन्, तर शेयरमा गरिने वास्तविक लगानी छोटो वा निश्चित अवधीको हुँदैन् ।
यहाँ मध्य वा दीर्घकालीन लगानी हुन्छ । किनबेच गर्न सकिन्छ, तर बजारको प्रवृत्तिमा निर्भर गर्दछ ।
|
छोटो र निश्चित समय पैसाको व्यवस्थापन
गर्न वचत तथा दीर्घकालीन लगानीका लागि शेयर उपयुक्त विकल्प हुनसक्छ ।
|
सम्पत्ति वृद्धि
|
ब्याजदरको आधारमा सम्पत्ति बढ्ने
सुनिश्चित । वचतको प्रकृति र वचत गर्दाका सम्झौताको आधारमा तोकिएका ब्याज
सावाँमा गाभिने र थप ब्याज आर्जन हुँदैजाँदा निश्चित अवधीमा नगद सम्पत्ति बढ्ने सुनिश्चित हुन्छ ।
|
अनिश्चित तर संभावना उच्च । कम्पनीको मुनाफा र व्यवसायिक आवश्यकता आधारमा बोनस तथा हकप्रद शेयर मार्फत कित्ता र बजारमा शेयरको मूल्य वृद्धिसमेत दोहोरो
तरिकाले सम्पत्ति बढ्ने उच्च संभावना रहन्छ । कम्पनी बन्द वा दिवालीयापन, बजारमूल्य घटेर सम्पत्ति घट्न पनि सक्छ ।
|
सम्पत्तिमा सुनिश्चित वृद्धिका लागि वचत
र अनिश्चित तर उच्च वृद्धिको जोखिम लिनको लागि शेयर उपयुक्त विकल्प हुनसक्छ ।
|
निष्कर्ष
प्रत्येक व्यक्तिसँग उपलब्ध पैसा, जोखिमवहन क्षमता, लगानी वा बचतमा पहुँच फरक हुने हुँदा बचत वा सेयरमा लगानी छनौट समय र परिस्थितिका साथै बचतको ब्याजदर र धितापत्र बजारमा सेयरको मूल्यले पनि बचत की लगानी निर्भर रहन्छ । पैसा र सम्पत्ति आर्जनमा निपुण व्यक्तिले जोखिम र प्रतिफलको सामन्जस्य कायम गर्दै मिश्रित रूपमा उपलब्ध स्रोतको सन्तुलित परिचालन गर्दै उच्चतम लाभ हासिल गर्नु सबैभन्दा बुद्धिमानी हुनेछ । पैसा बचाउनु र काममा लगाउनु भने त्यति सहज हुँदैन ।
काराेवार दैनिकमा २०७५ असाेज २१ गते प्रकाशित, https://karobardaily.com/news/idea/11413
No comments:
Post a Comment