महिना |
व्यक्तिगत दीर्घकालिन |
व्यक्तिगत अल्पकालिन |
संस्थागत |
कुल |
साउन |
१०१५८५४५६.९८ |
२२४७१२२६७.१७ |
७४५९४०६२.४१ |
४००८९१७८६.५६ |
भदौ |
५६७६२८७४.०३ |
७६६०५४६७.४२ |
६७००९०१.६० |
१४००६९२४३.०५ |
असोज |
५५१६००३३.३५ |
१४९८३३९२.५१ |
१४५८५४६०.५७ |
२१९५७९४२६.४३ |
कातिक |
२६९१८६२३.७६ |
४६०४१८२४.६६ |
१११९४११७.८१ |
८४१५४५६६.२२ |
मंसिर |
९२४३१५८९.२९ |
१४१४६४१२१.०३ |
७१४२९०७२.९१ |
३०५३२४७८३.२२ |
पुस |
१७२८९९८३५.२५ |
५२४४७२१८७.७५ |
४६५४१२०६.९६ |
७४३९१३२२९.९६ |
माघ |
१६३१५७७०८.०९ |
७४१३८७५२९.६५ |
६७४५८५३५.९१ |
९७२००३७७३.६४ |
फागुन |
११६८१२२६०.५३ |
२५१०७९४५२.०२ |
७३०३०३७१.०९ |
४४०९२२०८३.६३ |
चैत |
१११३५४२२८.७० |
२८३७३२०१६.३० |
८८३५३३३०.३९ |
४८३४३९५७५.३९ |
बैशाख |
११४३७१२३६.६४ |
१८४३६१९६६.९१ |
६४००९७२४.७१ |
३६२७४२९२८.२६ |
जेठ |
२३३७४८९०४.७८ |
३८५५९८२३९.८५ |
८४९०४९००.७७ |
७०४२५२०४५.३९ |
असार |
१८०९४४९८२.३० |
३३१३२५९६७.९६ |
१३८१३५८६९.३२ |
६५०४०६८१९.५८ |
कुल |
१४२६१४७७३३.७० |
३३४०६१४९७३.२३ |
७४०९३७५५४.४५ |
५५०७७००२६१.३८ |
!->
Wednesday, July 17, 2024
सेयर कारोबारको पुँजीगत लाभकर दोब्बर, १ वर्षमै राज्यले पायो साढे ५ अर्ब रूपैयाँ
clickmandu.com अनलाइन पाेर्टलमा १ श्रावण २०८१, मंगलवार १८:१९ प्रकाशित साेभित थपलियाकाे लेख सन्दर्भ सामग्रीकाे रूपमा यहाँ साभार गरि राखिएकाे हाे । यसकाे स्वामित्व सम्बन्धित लेखक र अनलाइनमा नै रहनेछ । सेयर कारोबारको पुँजीगत लाभकर दोब्बर, १ वर्षमै राज्यले पायो साढे ५ अर्ब रूपैयाँ - Clickmandu
काठमाडौं । सेयर बजारमा लगातार उतार चढाव भएतापनि कारोबार रकम बढेका कारण सरकारले गत आर्थिक वर्षमा अघिल्लो आवभन्दा करिब दोब्बर पुँजीगत लाभकर पाएको छ । गत आर्थिक वर्षमा सरकारले सेयर कारोबारबाट ५ अर्ब ५० करोड ७७ लाख २५६ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८५.४० प्रतिशतले बढी हो । अघिल्लो आवमा सरकारले सेयर बजारबाट २ अर्ब ९७ करोड ५ लाख ८९ हजार ३७ रुपैयाँ मात्र पाएको थियो ।
एक वर्षको अवधीमा सेयर बजारमा कारोबार रकममा आएको सुधारको प्रभाव पुँजीगत लाभकरमा देखिएको हो । सिडिएससीका अनुसार बजारमा देखिएको उतार चढाबका बिच राज्यले सेयर बजारबाट ५ अर्ब ५० करोड ७७ लाख २५६ रुपैयाँ आम्दानी गरेको छ ।
सेयर बजारमा कारोबार रकम बढ्दा राज्यले बढी पुँजीगत लाभकर पाउने गर्छ ।
गएको साउनमा लगानीकर्ताले ४० करोड ८ लाख ९१ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । दीर्घकालीन लगानीकर्ताले १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ र संस्थागत लगानीकर्ताले ७ करोड ४५ लाख ९४ हजार ६२ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।
यस्तै, भदौमा १४ करोड ६९ हजार २४३ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । जसमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ करोड ६७ लाख ६२ हजार ८७४ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७ करोड ६६ लाख ५ हजार ४६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६७ लाख ९०१रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।
असोज महिनामा लगानीकर्ताले कुल २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । जसमध्ये व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ करोड ५१ लाख ६० हजार ३३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १४ करोड ९८ लाख ३३ हजार ९३२ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ४५ लाख ८५ हजार ४६० रुपैया पुँजीगत लाभकर तिरेका हुन् ।
लाभकर ५.५ अर्बमा याेगदानः
संस्थागत लगानीकर्ताले १३.४५%
व्यक्तिगत दीर्घकालीनले २५.८९%
व्यक्तिगत अल्पकालीनले ६०.६५%
कात्तिक महिनामा ८ करोड ४१ लाख ५४ हजार रुपैयाँ मात्रै पुँजीगत लाभकर उठेको छ । जसमा दीर्घकालीन लगानीकर्ताले २ करोड ६९ लाख १८ हजार ६२३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ४ करोड ६० लाख ४१ हजार ८२४ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ११ लाख ९४ हजार ११७ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।
लगानीकर्ताले मंसिर महिनामा ३० करोड ५३ लाख २४ हजार रुपैयाँ लाभकर तिरेका छन् । दीर्घकालीन लगानीकर्तातर्फ ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, अल्पकालीन लगानीकर्तातर्फ १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड १४ लाख २९ हजार ७२ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।
यस्तै पुस महिनामा लगानीकर्ताले ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । जसमध्ये दीर्घकालीन लगानीकर्ताले १७ करोड २८ लाख ९९ हजार ८३५ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ५२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ४ करोड ६५ लाख ४१ हजार २०६ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।
राज्यले सबैभन्दा बढी पुँजीगत लाभकर माघ महिनामा पाएको छ । माघमा ९७ करोड २० लाख ३ हजार रुपैयाँ पुँजीगत लाभकर सरकारले उठाएको छ । राज्यलाई माघमा दीर्घकालीन लगानीकर्ताले १६ करोड ३१ लाख ५७ हजार ७०८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७४ करोड १३ लाख ८७ हजार ५२९ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६ करोड ७४ लाख ५८ हजार ५३५ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।
यसैगरि, फागुनमा ४४ करोड ९ लाख २२ हजार पुँजीगत लाभकर उठेको छ । दीर्घकालीन लगानीकर्ताले ११ करोड ६८ लाख १२ हजार २६० रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २५ करोड १० लाख ७९ हजार ४५२ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड ३० लाख ३० हजार ३७१ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।
चैत महिनामा कुल ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ । दीर्घकालीन लगानीकर्ताबाट ११ करोड १३ लाख ५४ हजार २२८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताबाट २८ करोड ३७ लाख ३२ हजार १६ रुपैयाँ, संस्थागत लगानीकर्ताबाट ८ करोड ८३ लाख ५३ हजार ३३० रुपैयाँ पुँजीगत लाभकर उठेको हो ।
लगानीकर्ताले वैशाखमा ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ पुँजीगत लाभकर तिरका छन् । जसमा दीर्घकालीन लगानीकर्ताले ११ करोड ४३ लाख ७१ हजार २३६ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १८ करोड ४३ लाख ६१ हजार ९६६ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६ करोड ४० लाख ९ हजार ७२४ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।
जेठमा लगानीकर्ताले ७० करोड ४२ लाख ५२ हजार ४५ रुपैयाँ लाभकर तिरेका छन् । जसमा दीर्घकालीन लगानीकर्ताले २३ करोड ३७ लाख ४८ हजार ९०४ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ३८ करोड ५५ लाख ९८ हजार २३९ रुपैयाँ, संस्थागत लगानीकर्ताले ८ करोड ४९ लाख ४ हजार ९०० रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।
असार महिनामा ६५ करोड ४ लाख ६ हजार ८१९ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । असारमा सरकारलाई दीर्घकालीन लगानीकर्ताले १७ करोड ९ लाख ४४ हजार ९२८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ३३ करोड १३ लाख २५ हजार ९६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले १४ करोड ८१ लाख ३५ हजार ८६९ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।
सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।
सेयर बजारको कारोबार रकममा आइरहने उतारचढावका कारण पुँजीगत लाभकरमा असर पर्ने गर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने गर्छ ।
सीडीएससीका अनुसार व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो । एक वर्षको अवधिमा सेयर बजार परिसूचक ९६ अंकले बढेको छ ।
थप सामग्री
Friday, April 19, 2024
Q3 FY8081 Bank Unaudited Financial Statements
revised/updated, 3 May 2024, 12:30
विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८०–८१ काे तेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । यसकाे साथै गाभिएका बैंकहरूकाे वितिय विवरण, समिक्षा र तुलना गर्दा थप चनाखाे हुनुपर्ने छ । बैकहरूकाे बढ्दाे प्रभिजन, हालै तिरिएकाे मर्ज र प्राप्तिकाे स्वापलाइ लाभांस वितरणकाे कर, सेयर प्रिमियमकाे अनपेक्षित करले संचित र वितरणयाेग्य मुनाफा प्रभावित भएकाे छ । पक्कै तेस्राे त्रैमास लगानी निर्णयकाे मुख्य विन्दु हाे, तर याे पुर्ण नहुनसक्छ, किनकी कतिपय बैकहरूकाे चाैथाे त्रैमास अझ परिस्कृत विवरण निकै फरक भएकाे देखेका छाैं । अहिले अात्तिने र मात्तिने भन्दा सजगतापूर्वक हेर्ने र विश्लेषण उपयाेगी हुनसक्छ ।
WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.
Bank Key Parameter for Q3 FY 8081
Interest Income, Net Interest Income, Interest Suspense of Bank Q3 FY8081
Data from Dipak Dahal
Q3 FY 8081 Finance Unaudited Financial Statements
विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८०–८१ काे तेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ ।
WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.
Subscribe to:
Posts (Atom)