हाल संचालनमा रहेका २८ बाणिज्य बैंकहरु मध्ये सार्वजनिक शेयर निष्कासन नगरेको राष्ट्रिय बाणिज्य बैंकलाई छोडेर हेर्ने हो भने नेपाल राष्ट्र बैंकले तोकेको ८ अरबको चुक्ता पुँजी पुर्याउन २७ बैंकहरुले बोनस, हकप्रद, मर्ज वा प्राप्तिका माध्यमबाट आर्थिक वर्ष २०७३/७४ मा ४७ अरव ६० करोड २२ लाख ४३ हजार पुँजी थप गरेका छन् ।
आर्थिक वर्ष २०७२/७३ को लागि कायम १ खर्व २६ अर्व ८१ करोड ४९ लाख १९ हजार रहेको बैंकहरुको चुक्ता पुँजी आ.व. २०७३/७४मा १ खर्व ७४ अर्व ४१ करोड ७१ लाख ६२ हजार पुगेको वित्तिय विवरण प्रकाशित गरेका छन् । यसै आ.व.को अन्तिम प्रतिवेदन तयार गर्ने अवधिसम्ममा बोनस, हकप्रद, मर्ज वा प्राप्तीबाट बाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्व पुर्याउनुपर्ने हुँदा पनि बैंहरुको चुक्ता पुँजी २ खर्व १६ अर्व भन्दा बढि हुने पक्का छ । त्यस आधारमा १ आ.व.मा नै बैंकहरुको चुक्ता पुँजी ७० प्रतिशतभन्दा बढिले बढ्ने छ ।
तुलनात्मक रुपमा सबैभन्दा बढि पुँजी जनता बैंक नेपालले बढाएको छ । उसको पुँजी २०३.१२ प्रतिशतले बढेको छ भने बैंक अफ काठमाण्डु, प्रभु बैंक र नविल बैंकले पुँजी थप भएको छैन ।
सबैंभन्दा बढि पुँजी थप भएका बैंकहरु (रकम रु हजारमा)
हालै प्रकाशित बैंकहरुको वित्तिय विवरणको आधारमा हेर्दा बैंकहरुले ३७.५४ प्रतिशतले चुक्ता पुँजी बढाइसकेका छन् भने खुद मुनाफा भने २६.०७ प्रतिशतले मात्र बढेको छ । २७ बाणिज्य बैकहरुले आव २०७३/७४ मा खुद ४२ अरव १८ करोड १ लाख ७४ हजार कमाए ।
जनता बैंकले पुँजीसँगै मुनाफा प्रतिशत पनि निकै बढाएको छ, जसलाई बैंक अफ काठमाण्डुले पछ्याएको छ । आव २०७३/७४ मा उल्लेख्य प्रतिशतमा बढाउने बैकहरु निम्न अनुसार छन् ।
सबैंभन्दा बढि प्रतिशले मुनाफा बढाएका बैंकहरु (रकम रु हजारमा)
बैंकहरुले चुक्ता पुँजी मार्फत मात्र आफूलाई बलियो संस्था बनाएका होइनन्, गत आवमा उनीहरुले जगेडा कोष पनि उल्लेख्य बढाए ।
आव २०७२/७३ को भन्दा ९० प्रतिशले बढाएर जगेडा कोषमा १ खर्व ६ अर्व ३५ करोड २६ लाख ७२ हजार पुर्याए । जगेडा कोष बढाउने मामलामा नेपाल बैंक लि. सबैभन्दा अब्बल देखिएको छ । उसले एक आ.व.मा १३१० प्रशितको हाराहारी जगेडा कोष बढाएको छ । यसमा उसले सम्पति तथा अन्य कम्पनीको शेयर विक्रिको नाफाको योगदान उल्लेख्य रहेको छ । उसलाई भने जनता बैंकले पछ्याएको छ ।
सबैंभन्दा बढि प्रतिशले जगेडा काेष बढाएका बैंकहरु (रकम रु हजारमा)
यसरी बैंकहरुले एकै वर्षमा संस्थागत सवलता हासिल गर्न निकै मेहेनत गरेका छन् । जसले गर्दा लगानीकर्ताको प्रतिफलको मुख्य आधार प्रतिशेयर आम्दानीमा सामान्य नकारात्मक असर पुगेको देखिन्छ । गत आ.व.मा बैंकहरुले औसत सामान्य प्रतिशेयर करिव २४.१८ रुपैयाँ कमाए, जुन आव ७२/७३मा करिव २६.३८ रुपैयाँ रहेको थियो ।
पुँजी वृद्धिमा केन्द्रित हुनु अनि बोनस र हकप्रदका माध्यमले थप भएको पुँजीले तत्काल मुनाफा आर्जन नसकेकोले नै प्रति शेयर आम्दानी केही घटेको हो ।समग्रमा बैंकहरुले बढाएको पुँजी, खुद मुनाफा र जगेडा कोषको अवस्था निम्न अनुसारको रहेको छ ।
अार्थिक न्यूज अनलाइनमा 24 August 2017 (8 Bhadau 2074) मा प्रकाशित
http://aarthiknews.com/2017/08/107914
No comments:
Post a Comment