Sunday, September 8, 2024

FY 2080-81: Bank EPS, DPS, Dividend, Book close, AGM and Annual Reports

update 30.05.81
15.09.2024, 10.30 am

अाव २०८०–८१ समाप्तिसँगै बैंकहरूले हिसावकिताव तयार गर्दै नियामकीय परिक्षण र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र लाभांस घाेषणा शुरू भएकाे छ । यस क्रममा अाव २०८०–८१ काे लाभांस घाेषणा गर्ने पहिलाे बैंक एभरेष्ट बैंक बनेकाे छ । हालै प्रकाशित २०८०–८१ काे अनअडिटेड वित्तिय विवरणले HBL, KBL, NICA  र NIMB काे संचिति नाेक्सानीकाे कारण कुनै लाभांस दिन नसक्ने बाहेक १६ बैंककाे १.३० देखि २९.८६% सम्म लाभांस दिन सक्ने देखिएकाे छ । तर अन्तिम लेखापरिक्षण भएर नियामकीय परिक्षण हुँदासम्म प्रकाशित अंकहरूमा उल्लेख्य परिवर्तन हुनसक्ने विगतकाे अनुभवले प्रकाशित चाैथाे त्रैमासकाे वितरणयाेग्य प्रति शेयर अाय (डिपिएस) अर्थात् लाभांस क्षमताले लाभांसकाे सुनिश्चितता गर्दैन भन्ने अाव २०७९–८० काे अांकडाले देखाएकाे छ । यसै वर्ष भुक्तान भएका GBIME, LSL र SBI बैंककाे डिबेन्चरबाट फिर्ता भएकाे डिबेन्चर रिडेम्सन काेषकाे रकमहरू स्पष्ट हुँदा लाभांस फरक पर्न पनि सक्नेछ । लाभांसकै लगानी गर्ने लगानीकर्ताहरूका लागि यस वर्ष निकै कठिन हुनसक्ने निश्चित छ । ठूला मर्जर र प्राप्ति पश्चात् कन्साेलिडेट हुँदै व्यापार र मुनाफामा सुधारसँगै लाभांसमा पनि सुधार अाउने अाशा भने राख्न सकिन्छ ।

बजार मूल्य वा लागतकाे आधारमा प्रतिफल (ROI-Return on Investment) वा यिल्ड (Yield) त्यति उत्साहजनक नहुन सक्छ । सेयर लाभांस (बाेनस)मा हुने मुल्य समायाेजनलाई गणना गर्ने हाे भने रियलाईज्ड यिल्ड वा प्रतिफल निकै कम वा फरक हुनसक्छ । त्यसैले लागत र प्रतिफलमा स्वयम् गणना गर्ने र चनाखाे भएर लगानी निर्णय लिनु पर्छ, अरूकाे गणना र दरले सहि निर्णयमा नपुग्न सक्छ । 

WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.
केवल व्यक्तिगत ज्ञानका लागि हाे र यसमा भएका त्रुटि कुनै पनि समयमा सच्याइनेछ । कसैले त्रुटि भेटेमा जानकारी दिइ सुधारका लागि सघाउन अनुराेध समेत गरिन्छ । 


EPS, DPS, Free from Debenture Redemption