क्रम
|
कार्य
|
समयसीमा
|
जिम्मेवार निकाय
|
१
|
धितोपत्र दलाल व्यवसायलाई थप
प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल सम्बन्धी विद्यमान इजाजत र संचालन नीतिमा
पुनरावलोकन गर्ने ।
|
२०७५ चैत
|
धितोपत्र बोर्ड
|
२
|
तोकिएको मापदण्ड पुरा गर्ने वाणिज्य
बैंकहरुलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स
दिने ।
|
तत्काल
|
धितोपत्र बोर्ड
|
३
|
शेयर खरिद बिक्री गर्न पाउने गरी
खोलिएका वाणिज्य बैंकहरुका सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को
धितोपत्र दलाल व्यवसायीलाई प्राप्ति (Acquire) गर्ने र गाभ्ने÷गाभिने
(Merger) नीतिगत
व्यवस्था गर्ने ।
|
२०७५ चैत
|
धितोपत्र बोर्ड
|
४
|
नेपाल राष्ट्र बैंकसँगको समन्वयमा
धितोपत्र बोर्डले भौतिक पूर्वाधार, जनशक्ति,
सूचना प्रविधि र तथ्यांक
व्यवस्थापनको सुनिश्चितता गरी धितोपत्र दलाल व्यवसायीहरुलाई मार्जिन कर्जा
कारोवार गर्न इजाजत दिने । साथै, धितोपत्र व्यवसायीहरुको आचार संहितालाई
प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने ।
|
तत्काल
|
धितोपत्र बोर्ड, नेपाल
राष्ट्र बैंक
|
५
|
मार्जिन कर्जा र शेयर धितोमा प्रवाह
हुने कर्जालाई स्पष्ट वर्गीकरण गर्ने । शेयरको धितोमा प्रवाह हुने कर्जाको
विद्यमान Loan to Value Ratio लाई बढाई ५० प्रतिशतबाट ६५ प्रतिशत कायम
गर्ने । यसरी प्रदान गरिने कर्जाको जोखिम भार विद्यमान १५० प्रतिशतबाट १००
प्रतिशत कायम गर्ने । यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पूँजीको
विद्यमान २५ प्रतिशतबाट बढाई ४० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था गर्ने ।
|
तत्काल
|
नेपाल राष्ट्र बैंक
|
६
|
शेयरको धितोमा ऋण लिएका ऋणीहरुको
मार्जिन कल गर्ने सम्बन्धमा उक्त शेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस
शेयरहरु सूचीकरण नभएसम्मको लागि धितोमा राखिएको शेयर संख्यामा समायोजन गर्ने
व्यवस्था मिलाउने ।
|
तत्काल
|
नेपाल राष्ट्र बैंक
|
७
|
भित्री सूचनाका आधारमा हुने कारोवार (Insider
Trading) लाई निरुत्साहित गर्न भित्री कारोवार बन्देज
नियमावली बनाई कार्यान्वयनमा ल्याउने ।
|
२०७५ चैत
|
नेपाल सरकार, धितोपत्र
बोर्ड
|
८
|
NEPSE मा
सूचीकृत वास्तविक क्षेत्रका कम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकायको व्यवस्था गर्ने ।
|
२०७६ असार
|
नेपाल सरकार
|
९
|
NEPSE सूचकांकमा लाग्ने गरेको सर्किट ब्रेकर
प्रणालीलाई समसामयिक बनाउन आवश्यक देखिएको सन्र्दभमा अन्तर्राष्ट्रिय अभ्यास
समेत मध्यनजर गरी बजार प्रभावित गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्न नेप्से
सूचकांक बढ्दा र घट्दा सर्किट ब्रेक लाग्ने व्यवस्थालाई समसामयिक बनाउने ।
|
तत्काल
|
धितोपत्र बोर्ड, NEPSE
|
१०
|
धितोपत्र बजारको विकासको अवस्थालाई
मध्यनजर गरी क्रेडिट रेटिङ्ग संस्थाबाट ग्रेड ४ सम्म प्राप्त गरेका संगठित
संस्थाहरुलाई मात्र सार्वजनिक निष्काशन अनुमति प्रदान गर्ने ।
|
तत्काल
|
धितोपत्र बोर्ड
|
११
|
धितोपत्रको दोस्रो बजार कारोवारको
भुक्तानी सुनिश्चितताका लागि आवश्यक भुक्तानी सुनिश्चित कोष (Settlement
Guarantee Fund) स्थापना गर्ने व्यवस्था गरिसकिएको
परिप्रेक्ष्यमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सो कोष तत्काल स्थापना गर्ने ।
|
तत्काल
|
धितोपत्र बोर्ड, NEPSE,
CDSL
|
१२
|
धितोपत्र बजारका लगानीकर्ताहरुको हित
संरक्षणका लागि एउटा लगानीकर्ता सुरक्षण कोष (Investors
Protection Fund) स्थापना
गर्ने । साथै, धितोपत्र बजारका लगानीकर्ताहरुको हित
संरक्षणको लागि विद्यमान कानुनी व्यवस्थामा सुधार गर्ने ।
|
२०७५ चैत
|
धितोपत्र बोर्ड, NEPSE
|
१३
|
धितोपत्र व्यवसायीहरुले लगानीकर्ता
साक्षरता (Investors Literacy)
अभिवृद्धि गर्न आफनो मुनाफाको कम्तिमा १ प्रतिशत रकम संस्थागत सामाजिक
उत्तरदायित्व कोष (Corporate Social Responsibility Fund) मा छुट्टयाई खर्च गर्नुपर्ने व्यवस्था
मिलाउने ।
|
तत्काल
|
धितोपत्र बोर्ड
|
१४
|
NEPSE ले मिति २०७५ कार्तिक २० देखि संचालनमा
ल्याएको स्वचालित कारोबार प्रणाली (NOTS) लाई बैंक र सिडिएसएलको प्रणालीमा १
महिनाभित्र पूर्णरुपमा आबद्ध गरी संचालनमा ल्याउने । यो व्यवस्था लागू भएपश्चात
धितोपत्र व्यवसायीहरुले लिने सेवा शुल्कमा पुनरावलोकन गर्ने ।
|
तत्काल
|
धितोपत्र बोर्ड, NEPSE
|
१५
|
सर्वसाधारण लगानीकर्ताहरुको हित
संरक्षण गर्न वास्तविक क्षेत्रका संगठित संस्थाका संस्थापकहरुले लिएको संस्थापक
शेयरको Lock-in-Periodलाई
अन्य वित्तीय क्षेत्रको नियमनकारी निकायले गरेको व्यवस्थासँग सामञ्जस्यता हुने
गरी पुनरावलोकन गर्ने ।
|
२०७५ चैत
|
नेपाल सरकार, धितोपत्र
बोर्ड
|
१६
|
साना चुक्ता पूँजीको आधार भएका
संगठित संस्थाहरुलाई Private Placement मार्फत
शेयर निष्काशन गर्ने व्यवस्था गरी त्यसरी निष्काशन गरिएको शेयरको कारोवार ओटीसी (Over
the Counter) बजारमा कारोबार हुने व्यवस्था गर्ने
। साथै, ओटीसी बजारलाई गतिशील बनाउन प्रविधिमैत्री
बनाउने ।
|
२०७५ चैत
|
नेपाल सरकार, नेपाल
राष्ट्र बैंक, धितोपत्र बोर्ड, NEPSE
|
१७
|
हाल ऋणपत्र निष्काशन गर्दा ८०
प्रतिशत संस्थागत र २० प्रतिशत सर्वसाधारण लगानीकर्ताहरुमा विक्री गर्नुपर्ने
व्यवस्था रहेकोमा बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच विस्तार गराई ऋणपत्र
बजारलाई थप गतिशील बनाउन उक्त व्यवस्थालाई पुनरावलोकन गर्ने ।
|
तत्काल
|
धितोपत्र बोर्ड
|
१८
|
धितोपत्र बजार संचालन नियमावली, २०६४
बमोजिम हुने गरी NEPSE मा रहेको नेपाल सरकार तथा नेपाल राष्ट्र
बैंकको शेयर विक्री गरी NEPSE को पुर्नसंरचना गर्ने ।
|
२०७६ असार
|
नेपाल सरकार, नेपाल
राष्ट्र बैंक
|
१९
|
शेयर बजारलाई स्थायित्व दिन, दोस्रो
बजार कारोवारमा हुने उत्तारचढाव (Volatility) लाई न्यूनीकरण गर्न तथा दीर्घकालीन लगानीलाई
प्रोत्साहन गर्न दीर्घकालीन रुपमा शेयर धारण गरी बिक्री गर्दा लाग्ने पूंजीगत
लाभ करमा सहुलियत दिने ।
|
२०७६ असार
|
नेपाल सरकार
|
२०
|
विद्यमान पूँजीगत लाभकर सम्बन्धी
व्यवस्थामा पुनरावलोकन गर्ने ।
|
२०७६ असार
|
नेपाल सरकार
|
२१
|
पूँजी बजारको दीर्घकालीन विकासको
लागि नियमनकारी निकायहरुबीच देखिएका विद्यमान समस्याहरु यथाशीघ्र समाधान गर्ने ।
|
तत्काल
|
नेपाल सरकार, सम्बन्धित
नियमनकारी निकायहरु
|
२२
|
पूंजी बजार सम्बन्धी नीति निर्माणमा
सहयोग गर्नुका साथै शेयर बजारमा हुनसक्ने उतारचढावलाई नियमित रुपमा अनुगमन गरी
शेयर मूल्य सम्बन्धी यथार्थ जानकारी नियमित रुपमा सार्वजनिक गर्न धितोपत्र
बोर्डले यस क्षेत्रका विज्ञहरु सम्मिलित स्थायी संयन्त्र बनाउने । धितोपत्रबारे
सर्वसाधारणलाई वित्तीय साक्षरता र जानकारी गराउने नियमित प्रकृया मिलाउने ।
|
२०७५ चैत
|
धितोपत्र बोर्ड
|
२३
|
बजार निर्माताको काम गर्ने नागरिक
लगानी कोष र कर्मचारी संचय कोषलाई तत्काल संस्थागत व्यवस्था गरी पूँजी बजारमा
हस्तक्षेप गर्न लगाउने ।
|
तत्काल
|
नेपाल सरकार, धितोपत्र
बोर्ड
|
२४
|
आर्थिक वृद्धिमा टेवा पुर्रयाउन Private
Equity Fund, Venture Capital Fund, Angel Fund, Crowd Fund जस्ता लगानी योजनाहरुलाई प्रोत्साहन गर्ने ।
|
निरन्तर
|
नेपाल सरकार, धितोपत्र
बोर्ड
|
२५
|
धितोपत्रको थप निष्काशन (FPO) अनुमति सम्बन्धी व्यवस्थालाई पुनरावलोकन
गर्ने र सार्वजनिक निष्काशनमा विश्वव्यापीरुपमा प्रचलनमा रहेको Book
Building प्रणाली ल्याउन आवश्यक कार्य अगाडि
बढाउने।
|
तत्काल
|
धितोपत्र बोर्ड
|
२६
|
Book Building
प्रणाली कार्यान्वयनमा नआउँदासम्म संस्थाहरुले FPO गर्दा Networth भन्दा
बढी नहुने गरी र प्रिमियम मूल्यमा IPO
जारी गर्दा संगठित संस्थाको Networth को बढीमा दुई
गुणासम्म मात्र हुने व्यवस्था गर्ने ।
|
तत्काल
|
धितोपत्र बोर्ड
|
२७
|
हाल Close-ended लगानी कोष मात्र रहेकोमा Open-ended सामूहिक लगानी कोष समेत संचालन गर्न दिने ।
|
तत्काल
|
धितोपत्र बोर्ड
|
!->
Sunday, December 23, 2018
पूँजीबजारसँग सम्बन्धित वित्तिय क्षेत्र विकास र स्थायित्व सम्बन्धी सुझावहरू
Subscribe to:
Posts (Atom)