Tuesday, November 11, 2025

Bank Q18283 Unaudited Financial Report

Updated 12 Nov. 2025
12:41 NST

हुनतः अार्थिक वर्षकाे पहिलाे त्रैमास वार्षिक अायका हिसावले अति महत्वपुर्ण नहुन सक्छ, तर यसै अवधिमा राज्यमा जेन्जी अान्दाेलनकाे नाममा २०८२ भदाै २३ र २४ गते भएकाे वितन्डाले शासकीय प्रणाली, अर्थतन्त्र, सामाजिक–अार्थिक परिवेश सबै खलबलिएकाे अवस्थामा उल्लेख्य सुधारकाे अाशा त थिएन । सबैकाे अव्यक्त अाशंका कति नकारात्मक विवरण अाउने हाे भन्ने त्रास भने थियाे । अान्दाेलन त्यसमाथि ब्याज र कर्जा उठाउने समयमा मुख्य चाडबाड बैकिग क्षेत्रका लागि त्यति सहज पक्कै थिएन । यसैलाइ ध्यानमा राखेर नियामक नेपाल राष्ट्र बैंकले सावाब्याज उठाउन थप १५ दिन दिएर त्रैमासिक विवरण प्रकाशनका २१ गते गरे हुने गरी अवधि थपिदियाे । यसका बाबजुद बैकिग क्षेत्रकाे नतिजा अलि निरासाजनक नै रह्याे । 

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८२–८३ काे पहिलाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू प्रस्तुत गरिएका छन्। प्रकाशित तथ्यांकहरूलाइ एकरूपताका ल्याउँदा केहि बैकका तथ्यांकमा सामान्य फरक पनि हुनसक्छ । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । हालै गत अावकाे साधारण सभा सम्पन्न गरेका ४ बैंकहरू मध्ये सेयर लाभांस (बाेनस सेयर) दिएकाे एभरेष्ट बैंकले पुँजी समायाेजन गरेकाे देखिन्न । नगद लाभांस वितरण गरेका बैकहरू कै पनि वितरित लाभांशलाइ संचित काेषमा समायाेजन नगरिएकाे अवस्थामा संचित काेष र मूलतः वितरणयाेग्य लाभांश गणना जाेखिमपुर्ण हुनेछ । तसर्थ, पहिलाे त्रैमासकाे डिपिएसलाइ गुणन गरेर वार्षिक वा सम्भावित डिपिएसलाइ अाधार बनाएर लगानी व्यवस्थापन र निर्णय निकै जाेखिमपूर्ण हुनेछ ।

यस त्रैमासमा कृषि विकास र सिटिजन्स बैक संचालन घाटामा देखिएका छन्, भने सिटिजन्स करिब २२ कराेडकाे खुद नाेक्सानीमा रहेकाे छ । बैंकहरूकाे कुल ७६२ अर्ब ४० कराेड इक्विटि लगानीबाट १३ अर्ब १५ कराेड खुद नाफा कमाएकाे देखिएता पनि यसमा नउठेकाे ब्याज नै ७ अर्ब ३१ कराेड समावेश छ । यसलाइ समायाेजन गर्ने हाे भने बैकहरूले  ७६२ अर्बभन्दा बढि लगानीबाट नगन्य केवल ५.८४ अर्ब नाफा कमाएकाे देखिन्छ । यस्तै, बैकहरूले सम्भावित नाेक्सानीका लागि छुटाएकाे रकम करिव २० अर्ब १४ कराेड छ । नउठेकाे ब्याज र सम्भावित नाेक्सानीका व्यवस्था नै ३७ अर्ब माथि छ, जुन खुद नाफाकाे करिव ३ गुणा हाे । यति हुँदा पनि बैकहरूले अति नाफा कमाएकाे र नाफाखाेरीकाे अबगाल भाेग्न बाध्य छन् । खुद नाफा मात्र हेर्ने हाे भने इक्विटिमा प्रतिफल पुगनपुग ७% हाराहारी हुन्छ, त्याे पनि सबै सेयरधनीलाइ बाँड्न मिल्दैन् । यसमा नियामकीय र अन्य कानुनी प्रावधान बमाेजिमका रकमहरू छुट्याउँदा बाँड्न मिल्ने रकम निकै कम हुनेछ । त्यसैले अब बैंक र तिनका सेयरधनीहरूले अर्थतन्त्रकाे बाेझ बाेक्दै हिँड्ने भन्दा अाफ्नाे व्यवसायिक हित र प्रतिफलका लागि संयुक्त अावाज उठाउन ढिला गर्नु हुन्न । तत्कालका लागि कम्तिमा नउठेकाे ब्याज, अल्कालीन गैरबैकिग सम्पतिकाे व्यवस्थालाइ इम्पेरिमेन्ट चार्जेज जस्तै नाफानाेक्सानी हिसावमा नै गणना गर्ने व्यवस्था भए अनिश्चित लाभमा अग्रिम अायकर तिर्ने दायित्वबाट मुक्त हुने थिए । भर्खरै काेभिड, अन्तराष्टिय युद्ध, बैकिगमा ऋणीकाे गलत प्रचारबाट उठ्न खाेजेकाे बैकिगमा हालैकाे जेन्जी अान्दाेलनकाे प्रभाव निकै देखिएकाे महसुस सबैले गरेका छन् । 

These datas has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.

प्रथम त्रैमास २०८२–८३ मा बैकहरूकाे मुख्य सूचकहरूकाे अवस्था

प्रथम त्रैमास २०८२–८३ मा पहिलाे, अन्तिम र इन्डष्ट्रि अाैसत

प्रथम त्रैमासमा मुनाफाबाट लाभांस वितरणकाे अाधारमा संचित काेषकाे रकम फरक पर्नसक्ने छ । उपलब्ध रकमकाे आधार २०८१-८२ का लागि प्रति शेयर वितरणयाेग्य लाभांश गणना जाेखिमपुर्ण हुनेछ, किनभने यसमा आव २०८०-८१ रकम समावेश हुन्छ र त्याे ४ गुणा हुने सम्भावना हुन्न ।

Key Indicator for Banks FY 2082-83 Q1

Friday, September 5, 2025

FY 2081-82: Bank EPS, DPS, Dividend, Book close, AGM and Annual Reports

update 1530 NST
04.09.2082
19.12.2025

अाव २०८१–८२ समाप्तिसँगै बैंकहरूले हिसावकिताव तयार गर्दै नियामकीय परिक्षण र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र लाभांस घाेषणा शुरू भएकाे छ । यस अावमा लाभांस घाेषणा गर्ने पहिलाे बैंक माछापुच्छ्रे र दाेश्राे एभरेष्ट बैंक बनेकाे छ । घाेषित प्रतिफलले नियामकीय मनसाय बुझेर नगदलाइ जाेड दिएकाे अाभास  दिएका छन् । नियामकीय सहजीकरण र सहुलियतका बावजुद हिमालयन, कुमारी, एनअाइसी एसिया र नेपाल बैंकले भने लाभांस वितरण गर्न सक्नेछैनन् । यि चारै सहित गतवर्ष ९ बैंकले लाभांस दिएनन् । 

विवरण तयार गर्दाकाे समयसम्म लाभांश क्षमता भएका १६ मध्ये १२ बैंकले ५.२६ देखि २० प्रतिशतसम्म लाभांश घाेषणा गरेका छन् । नियामकीय अनाैपचारिक सुझाव बमाेजिम १२ मध्ये #EBL २०%, #MBL ८%, #SBL १०.५३%, #ADBL १३%, #NMB १०%, #SBI ९%  ले मिश्रित लाभांश प्रस्ताव गरे भने #GBIME ८%, #SCB १९%, #SANIMA ७.३७%, #NABIL १२.५%, ले नगद लाभंश मात्तर था #CZBIL ५%, #LSL १०% र #PCBL ८% ले सेयर लाभांश र साेकाे लागि नगद लाभांश प्रस्ताव गरेका छन् । कुमारी र नेपाल बैंकले लाभांश विनाकाे वित्तिय विवरण स्वीकृत गर्न मात्र साधारण सभा बाेलाएकाे छ । प्रकाशित वित्तिय विवरणहरूले केहि लेखापरिक्षण नगरिएका असारमसान्तकाे भन्दा लेखापरिक्षण गरिएका विवरणमा सामान्य फरक देखिएका छन् । तुलनात्मक रूपमा #GBIME काे इपिएस १६.७८ बाट १३.३२ मा झरेकाे छ जसले नेटवर्थ पनि केहि घटेकाे छ ।

लाभांश घाेषणा गरेका मध्ये #MBL, #EBL, #SANIMA, #GBIME, #SBL र #CZBIL ले साधारण सभा समेत सम्पन्न गरिसेकेका छन् ।

WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.
केवल व्यक्तिगत ज्ञानका लागि हाे र यसमा भएका त्रुटि कुनै पनि समयमा सच्याइनेछ । कसैले त्रुटि भेटेमा जानकारी दिइ सुधारका लागि सघाउन अनुराेध समेत गरिन्छ । 


Key parameters of Bank at Q4 FY 2081-82

Changes in EPS, DPS, Networth from unaudited to audited in FY 2080-81

तलकाे लिंकमा क्लिक गरेर सम्बन्धित बैंककाे वार्षिक प्रतिवेदन हेर्न तथा डाउनलाेड सकिन्छ ।

#MBL
#EBL
#agm #EBL

#SANIMA
#agm #sanimabank

#CZBIL

#agm #CZBIL

#SBL
#SBL #AGM

#GBIME
#agm #GBIME

#LSL
#AGM #LSL

#ADBL 
#agm #ADBL

#SCB

#SCB #agm

#sbi

#AGM #SBI

#KBL

#KBL #AGM

#NMB #AGM

#PCBL

#NBL



केहि सन्दर्भ सामग्री