शेयरबजारकाे दायरा फराकिलाे हुँदै नागरिकमा शेयर र धिताेपत्र सम्बन्धी जिज्ञासा र चेतना बढेसँगै शेयर सम्पत्तिमा माेह पनि जागेकाे छ । सरकारले जलविदुत र उद्याेगमा स्थानीयलाइ अारक्षित शेयरले कतिपयले बुझेर र नबुझेरै पनि शेयरमा लगानी र किनबेच गर्न अग्रसर भएका छन् । यस्तै शेयरमा लगानी र काराेवारमा प्रविधिकाे उपयाेगसँगैकाे सहजताले बजार विस्तार हुँदै नयाँनयाँ लगानीकर्ता र काराेवारीकाे प्रवेश बढ्दाे छ । कतिपय भने लगानी र काराेवारकाे अाधारभूत ज्ञानका कमीले चाहेर पनि शेयरमा लगानी गर्न सकेका छैनन् । धिताेपत्र वा पूँजीबजारमा प्रवेश विन्दुहरूकाे चर्चा तल गरिएकाे छ । ध्यान दिनुपर्ने कुरा चाहिँ लगानीसँगै प्रतिलफ मात्र हाेइन, कम्पनीकाे व्यवासायिक क्षमता, व्यवस्थापन, मुनाफा र प्रतिफलसँगै जाेखिम पनि जाेडिन्छ भने दाेस्राे बजारमा मूल्यान्तरकाे खेलले मूल्यगत जाेखिम अत्यधिक रहन्छ । त्यसैले शेयर बजार साधुकाे अखडा हाेइन भन्ने मान्यता नै रहन्छ ।
१) प्राथमिक निस्कासन
कम्पनीले सिधै इच्छुक लगानीकर्ताकाे लागि क) अंकित मूल्य, ख) प्रिमियम सहित ताेकिएकाे मूल्य, र ग) बुक बिल्डिङबाट शेयर निष्कासन गर्ने यस विधिमा सबैले एकै मूल्यमा शेयर प्राप्त गर्दछन् । यसमा मूल्यगत विभेद र मूल्यान्तरकाे खेल तथा कमिसन नहुने हुँदा शेयर खरिदकाे लागि याे सबैभन्दा नाफामुलक र सहज उपाय हाे । तर बैंक, फाइनान्स, विकास बैंककाे शेयर प्राथमिक बजारमा पाइदैन । यस्तै लगानीकर्ताहरूकाे अत्यधिक माग हुने हुँदा यसमा अाफुले माग गरेकाे भन्दा निकै कम परिमाणमा मात्र शेयर पाइन्छ । जस्ताे १००० कित्ता माग गर्दा १० कित्ता पाउन पनि मुस्किल भएकाे अवस्था हामीले भाेगेका छाैं । कतिपय निष्काशनमा १० किता समेत चिठ्ठामा निर्भर हुने अवस्था छ । अनि १०० रूपैयाँ भनेपनि ब्याज र अन्य लागत (अाश्वा शुल्क, डिपी, मेराे शेयर, अनलाइन बैंकिग) ले गर्दा त्यसकाे वास्तविक लागत बढी नै पर्दछ । प्राथमिक बजारमा शेयर खरिदका लागि समेत हाल डिम्याट खाता मेराे शेयर, सिअाश्वा, बैंक खाता र अनलाइन बैंकिग सुविधा अावश्यक हुन्छ । थप जानकारी धितोपत्र किनबेच कहाँ र कसरी ? लेखमा ।
२) दाेस्राे बजार
सबै लगानीकर्ताले प्राथमिक निष्कासनमा सीधै र चाहेजति सेयर वा डिबेन्चर किन्ने अवस्था नहुन सक्छ भने किनिएका सेयर, डिबेन्चर, म्युअुचल फन्डजस्ता धितोपत्रहरू विभिन्न कारण बेच्नुपर्ने हुनसक्छ । विभिन्न धितोपत्र किनबेच गर्ने बजारलाई नै धितोपत्र वा पुँजीबजार भनिन्छ र जसको सञ्चालन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनुमति प्राप्त ५० धितोपत्र व्यवसायी (ब्रोकर वा दलाल) मार्फत् हुन्छ । दोस्रो बजारमा कारोबारका लागि निष्कासित धितोपत्र नेप्सेमा सूचीकृत हुनु र किनबेच गर्ने व्यक्ति-निकायले ब्रोकर कहाँ ‘कारोबार खाता’ खोलेको हुनुपर्छ ।
दाेस्राे बजारमा धिताेपत्र निश्चित सीमा र विधिबाट माेलमाेलाइ गरी किन्न र बेच्न सकिन्छ । तर यहाँ प्राथमिक बजारमा जस्ताे सबैले एकै मूल्यमा शेयर किन्ने र बेच्ने हुँदैन् । शेयरकाे माग र अापूर्ति तथा किन्ने र बेच्नेकाे मूल्य नियन्त्रण र माेलमाेलाइ सीप र क्षमता अनुसार प्रत्येक काराेवारमा मूल्य परिवर्तन हुनसक्छ । त्यसैले दाेस्राेबजारमा किनिने शेयरमा मूल्य परिवर्तन (मूल्यान्तर)काे जाेखिम पनि उच्च हुन्न । अाफूले कुनै मूल्यमा किनेकाे शेयरकाे बजार मूल्य र शेयर सम्पत्ति समेत अरूले गर्ने काराेवारले तलमाथि हुने हुँदा मूल्यगता जाेखिम लिन सक्ने, मूल्यान्तरकाे खेल (थप क. सेयर बजारमा मूल्यगत जोखिम र अवसर, ख. सेयर बजारमा जोखिम, र ग. जाेखिम ज्ञान बिनाकाे लगानी हुनसक्छ खरानी लेखमा)काे सीप र क्षमता भएकाहरूले मात्र दाेस्राे बजारमा प्रवेश गरी किनबेच गर्नुपर्ने मान्यता राखिन्छ । यहाँ स्वयम् अनलाइन प्रणालीबाट वा ब्राेकरलाइ फाेन, इमेल, एमएमएस वा अन्य माध्यमबाट सम्पर्क गरी काराेवार गर्न सकिन्छ । तर विद्ममान प्रणालीमा ब्राेकरकाे संलग्नता बिना काराेवार हुँदैन र प्रत्येक काराेवारमा ताेकिएकाे दरमा ब्राेकर कमिसन, सेबाेन शुल्क, डिपी शुल्क तिर्नुपर्ने हुन्छ । काराेवारका लागि प्राथमिक बजारमा जस्तै डिम्याट खाता, बैंक खाता र अनलाइन बैंकिगसँगै ब्राेकर कहाँ काराेवार खाता पनि खाेल्नु पर्छ भने मेराे शेयर लिँदा शेयर हस्तान्तरण सहज हुन्छ । यस सम्बन्धी थप जानकारीका लागि सेयर बजारमा सेयर किनबेच कसरी गर्ने ? लेख पढ्नु हाेला ।
उपराेक्त पहिलाे र दाेस्राे विधिबाट शेयर खरिद गर्दा अाफुले प्रत्यक्ष सहभागी भएर सम्पुर्ण जाेखिम र लाभकाे भागिदार हुनु सकिन्छ । पक्कै पनि अाफैले लगानी व्यवस्थापन गर्दा व्यवस्थापन खर्च कम हुनुकाे साथै सम्पुर्ण मुनाफामा अाफ्नाे हिस्सा रहन्छ । तर यसकाे लागि मेहेनत, अध्ययन अावश्यक हुन्छ ।
यदि अाफुसँग लगानीयाेग्य रकम छ, शेयरमा लगानी गरी केही जाेखिम लिएर मुनाफा कमाउने साेचमा हुनुहुन्छ तर शेयर बजारकाे पर्याप्त ज्ञान, जाेखिम व्यवस्थापन गर्ने क्षमता छैन भने तलका वैकल्पिक उपायबाट पनि शेयरबजारमा लगानी गर्न सकिन्छ ।
३) सामुहिक लगानी काेष
शेयरबजारमा सामुहिक रूपमा लगानी गर्ने र मुनाफा अनि जाेखिम सामुहिक रूपमा लिने उपाय सामुहिक लगानी काेष (म्युचुअल फण्ड) हाे । सबै म्युचुअल फण्डले काेषकाे ठूलाे हिस्सा शेयर बजारमा नै लगानी गर्छन् र मुनाफा गर्छन् । तपाइले किन्नुभएकाे प्रत्येक युनिटकाे रकम शेयर, डिबेन्चर वा ताेकिएकाे क्षेत्रमा लगानी हुन्छ । म्युचुअल फण्ड किन्दा तपाइले अप्रत्यक्ष रूपमा विभन्न कम्पनीकाे शेयर पनि किन्नु हुन्छ तर तपाइकाे ति कम्पनीमा प्रत्यक्ष शेयर किन्दा जस्ताे स्वामित्व र अधिकार भने स्थापित हुँदैन । तर धिताेपत्र बजारमा हुने मूल्य उतारचढावकाे जाेखिम भने हुन्छ । यति हुँदा हुँदै पनि यसका व्यवसायीक व्यवस्थापक र बजार विश्लेषकहरूबाट निपुर्ण तरिकाले लगानी व्यवस्थापन हुँदा मुनाफाकाे अाधारमा वार्षिक प्रतिफल (लाभांस)काे साथै अवधि समाप्ति हुँदा प्रत्येक युनिटले अार्जन गरेकाे सम्पति अनुसारकाे रकम फिर्ता पाइन्छ । यसकाे बेफाइदा भनेकाे शेयरमा जस्ताे बाेनस शेयर पाइदैन । तर सानाे सानाे रकम समेत लगानी गर्न सकिन्छ र शेयर जस्तै दाेस्राे बजारमा किनबेच गर्न सकिन्छ । सैद्धान्तिक रूपमा म्युचुअल फण्ड लगानीकाे बैकल्पिक अाैजार समेत भए पनि नेपालकाे सन्दर्भमा यिनकाे क्षमतामा धेरै नै प्रश्न उठ्ने गरेकाे छ । यस सम्बन्धी थप म्युचुअल फन्ड र सेयर बजार लेख र हालैकाे म्युचुअल फन्डहरूको अवस्था र लगानी निर्णय विषयक लेख पनि अध्ययन गर्नु हाेला ।
४) पाेर्टफाेलियाे म्यानेजमेन्ट
शेयरबजारमा लगानी गरी जाेखिम र मुनाफा लिन चाहने तर बजार, जाेखिम, किनबेचकाे ज्ञान नभएर वा समय दिन नसक्ने व्यक्तिहरूकाे लागि पाेर्टफाेलियाे म्यानेजमेन्ट सेवा उपयुक्त विकल्प हुन सक्छ । बजारमा हाल विभिन्न मर्चेण्ट बैंकहरूले यस्ताे सेवा दिइरहेका छन् जसले निश्चित सेवा शुल्क लिएर तपाइकाे तर्फबाट शेयरमा लगानी गरी मुनाफा गरिदिन्छन् । यसाे गर्दा केही शुल्कमा विशेषज्ञ सेवाका साथै बजार व्यवस्थापन, पाेर्टफाेलियाे व्यवस्थापन समेत हुने हुँदा अाफैले प्रत्यक्ष लगानी गर्दा भन्दा केही जाेखिम कम हुनसक्छ । हाल बजारमा बैंकहरूले प्रवर्धन गरेका र स्वतन्त्र मर्चेन्ट बैंक वा लगानी व्यवस्थापकहरूकाे सेवा उपलब्ध छन् । यिनकाे छनाैट गर्दा रणनीति, न्यूनतम लगानी र लकिङ अवधि, हर्डल रेट, प्रफिट शेयरिङ, प्रफिट विथड्रअल, समय समाप्तिमा अपेक्षित प्रतिफल जस्ता कुरामा राम्ररी छलफल गर्नुपर्छ ।
५) लिलामी बजार
कम्पनीहरूले निष्कासन गरेकाे हकप्रद विभिन्न कारण विद्यमान शेयरधनीहरूले थप लगानी गरि शेयर नलिएकाे अवस्थामा कानुनतः लिलामी प्रकृयाबाट बेच्ने प्रावधान रहेकाे छ । यसरी नबिकेकाे शेयर निष्कासनकर्ता मार्फत बिक्रीमा अाउँछ । तर यसमा निश्चित परिणाम र मूल्य बढाबढकाे समेत विधि ताेकिएकाे हुन्छ । ताेकिएकाे कार्यालयमा सम्पर्क गरि फारम भरेर शेयर लिलाममा सहभागी हुनसकिन्छ । यसरी गरिने खरिदमा कमिसन तथा शुल्क नलाग्ने हुँदा र मूल्य तिरेर केहि ठूलाे परिणाममा किन्न पाइने हुँदा ठूलाे संख्यामा किन्न चाहनेका लागि याे पनि एउटा विकल्प हुनसक्छ । थप लिलाम बढाबढमा शेयर खरिद प्रकृयामा पढ्नुस ।
विकल्प ३ र ४ निस्क्रिय लगानीकर्ता मात्र हाेइन सक्रिय लगानीकर्ताहरूका लागि पनि लगानी व्यवस्थापनकाे एउटा हिस्सा हुन सक्छ । जुन सुकै विकल्प अपनाए पनि शेयरमा लगानी जाेखिमपुर्ण छ र यसबाट मुनाफा बजार विश्लेषण क्षमता, जाेखिम वहन क्षमता, लगानी रकमकाे स्राेत, बजार पहुँच, निर्णय क्षमतामा निर्भर हुन्छ । लगानीकर्ताहरूकाे अाफ्नाे जाेखिम वहन क्षमता र ज्ञानकाे अाधारमा लगानीकाे निर्णय गर्छन् । त्यसैले त कतिपयले केवल अाइपिअाेबाट मात्र लगानी गर्छन भने कतिले दाेस्राे बजारबाट मात्र । केहीले उपलब्ध विकल्पहरूकाे संयाेजनबाट लगानी गर्छन् ।
शेयर र शेयरबजारसम्बन्धी थप सामग्री नेप्सेकाे वेबसाइटमा पनि अध्ययन गर्न सकिन्छ ।
Updated: 5 Sept 2020, 10.48 am
Ati upyogi
ReplyDeleteGuru mantra