नेपाली पैसा
काठमाडौं : सूचीकृत संस्थाले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गर्ने क्रम अझै जारी छ । विशेष गरी अधिकांश बिमा कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी रहेको छ । चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्रमा लाभांश घोषणा गरेर वार्षिक साधारण सभा गरिसक्नु पर्ने सामान्य नियामकीय प्रवधान भए पनि व्यवहारमा अहिलेसम्म यसले मूर्त रुप लिन सकेको छैन । तथापि, अधिकांश बैंकहरुको भने साधारण सभा सम्पन्न भइसकेको छ । धेरैले नगद लाभांश खातामा पनि पठाइसकेका छन् ।
यसैबीच, नेप्सेमा सूचीकृत अधिकांश विकास बैंकहरुले पनि लाभांश प्रस्ताव गरेका छन् । केहीको भने लाभांश प्रस्ताव र साधारण सभा मिति तय हुन बाँकी रहेको देखिन्छ । विकास बैंकहरुको विगत ५ वर्ष यताको लाभांश दर हेर्ने हो भने पछिल्ला आर्थिक वर्षहरुमा नगद लाभांशलाई प्राथमिकता दिएको देखिन्छ । विशेषगरी, चुक्ता पुँजी वृद्धि निर्देशनपछि २ वर्षसम्म बोनस सेयर र त्यसपछि नगदमा जोड दिएको देखिन्छ । यस वर्षदेखि फेरि बोनस र नगद सन्तुलितरुपमा लाभांश आउने क्रम बढेको छ ।
हेरौं ५ वर्षयता कुन विकास बैंकले लगानीकर्तालाई कति लाभांश दिए :
हेरौं ५ वर्षयता कुन विकास बैंकले लगानीकर्तालाई कति लाभांश दिए :
पछिल्लो समय विकास बैंक वाणिज्य बैंकसँग मर्जर वा एक्विजिसन प्रक्रियामा जाने क्रम बढ्दो छ । कतिपय विकास बैंकहरु पनि एकआपसमा गाभिएका छन् । यहाँ सूचीकृत १८ विकास बैंकहरुको विगत ५ वर्ष यताको लाभांश इतिहास प्रस्तुत गरेका छौं । यसमध्ये पनि केही विकास बैंकहरु वाणिज्य बैंकसँग एक्विजिसनमा जान सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् ।
# कामना र सेवा विकास बैंक एक आपसमा मर्जर भएपछि (आ.व २०७३÷७४) देखिको मात्र लाभांश समावेश ।
# भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी एकआपसमा गाभिएपछिको लाभांश समावेश ।
#महालक्ष्मी विकास बैंक र यति डेभलपमेण्ट बैंक आपसमा गाभिएपछिको लाभांश समावेश ।
#महालक्ष्मी विकास बैंक र यति डेभलपमेण्ट बैंक आपसमा गाभिएपछिको लाभांश समावेश ।
No comments:
Post a Comment