Thursday, August 6, 2026
Q4 Bank FY 2082-83 Unaudited Financial Reports
Tuesday, May 5, 2026
Bank Q3 FY 2082_83 Unaudited Financial Reports
तेश्राे त्रैमाससम्ममा बैंकहरूकाे कुल इक्विटी करिव ७.८९ खर्ब लगानीमा ४९.२१ अर्ब रूपैयाँ खुद नाफा कमाएकाे देखिन्छ । खुदनाफा मात्रै हेर्दा ठूलाे अंक र अाव २०८१–८२ चैतमसान्तकाे ४१.२५ अर्ब रूपैयाँ भन्दा करिव १९.३% ले बढेकाे देखिएता पनि इक्विटिमा प्रतिफल केवल ६–७% हाराहारी देखिन्छ । अहिलेकाे अवस्थामा याे खत्तम भनिहाल्न मिल्दैन, तर जाेखिम र प्रतिफलकाे सन्तुलनमा बैंकिग सेक्टर चुक्न थालेकाे महुसस हुनथालेकाे छ । चुक्ता पुँजी ३.८९ खर्बकाे अाधारमा अाैसत प्रतिशेयर अाय १७.५५ हाराहारी देखिन्छ, यसलाइ सन्ताेषजनक नै मान्न सकिन्छ । तर यहाँ खुदनाफाबाट छुट्याइनु पर्नै बैधानिक काेषहरू, नउठेकाे ब्याज, डिबेन्चर रिडेम्पसन जस्ता नियामकीय काेषहरूमा अावश्यक व्यवस्था पछि वास्तवमा शेयरधनीलाइ वितरणयाेग्य नाफा भने १०.१९ अर्बले ऋणात्मक देखिन्छ । संचालित २० बैंक मध्ये ६ बैंककाे संचित नाेक्सानी नै ३४ अर्ब रहेकाे छ, भने सिद्धार्थकाे २.१६ अर्ब डिबेन्चर रिडेम्पसन काेषबाट फिर्ता रकम समेत गाभेर हेर्दा बाँकी १४ बैंककाे बाँड्न मिल्ने जम्मा २३.८२ अर्ब रहेकाे छ । प्रकाशित खुदनाफा ४९.२१ अर्बमा नउठेकाे ९.२३ अर्ब ब्याज समेत समावेश रहेकाे बिर्सनु हुन्न । अझ यसमा अन्तिम लेखापरिक्षण र नियामकीय सुपरिवेक्षण पछिकाे वास्तविकता कति फरक पर्ने हाे, अनिश्चित छ ।
यस त्रैमासमा अाइपुग्दा बैंकहरूकाे निष्कृय कर्जा ह्वात्तै बढेकाे देखिन्छ । यस त्रैमासमा ८ बैककाे एनपिएल अायकर एेनले स्वीकार्य ५% भन्दा बढि छ । एनअाइसी एसिया ८.८५%, प्रभु ८.८४% र नेपाल इन्भेष्टमेन्ट मेगा ८.४१% काे उच्च निष्कृय कर्जा दवाव झेल्दैछन् । क वर्गका बैंकहरूकाे अाैसत निष्कृय कर्जा नै ५.२५% पुगिसकेकाे छ । यसले बैंकहरूकाे नाफासँगै पुँजीकाेष समेत क्षयीकरण भैरहेकाे छ ।
हिमालयन र एनअाइसी एसिया निष्कृय कर्जासँगै प्राथमिक पुँजीकाेषकाे उल्लेख्य दवावमा रहँदा सिटिजन्स, माछापुच्छ्रे र प्रभु उच्च दवावमा देखिए । ३ अर्बकाे अविमाेच्य अग्राधिकार शेयर जारी गरेर प्राथमिक पुजीकाेष व्यवस्थापन प्रयासका बावजुद माछापुच्छ्रे उच्च दवावमा पुगेकाे छ । पुँजीकाेषमा अनपेक्षित दवावकै कारण कतिपय बैंकहरू पर्याप्त तरलताका बावजुद थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । सायद यहि पुँजीकाेषकाे दवावबाट निकाल्न हालै लामाे अन्तराल पछि एनआईसी एसिया बैंकलाई ५०% हकप्रद सेयर मार्फत पुँजी थप्ने पुर्वस्वीकृति दिईएकाे छ । यसका साथै कृषि विकासले ५.४३ अर्ब, माछापुच्छ्रेले ३ अर्ब,,नविलले ५ अर्ब, एनएमबीले ३ अर्ब, सानिमाले २ अर्ब र सिद्धार्थ बैंकले ३.५ अर्बका निकै महंगा करिब २१ अर्ब हाराहारीकाे अविमाेच्य असञ्चित अग्राधिकार शेयर जारी गरेका छन् । ८% हाराहारीका देखिने अग्राधिकार सेयरमा दिइने लाभांश र करकाे दायित्वका कारण वास्तविक लागत ११.५% काे संचालन नाफा अावश्यक पर्ने अनन्तकालिन अग्राधिकारका कारण खुदनाफा देखिएता पनि सर्वसाधारण सेयरधनीका लागि वितरणयाेग्य नाफाकाे उल्लेख्य हिस्सा चुहिनेछ । तालिकामा गरिएकाे सामान्य हिसावले पनि वार्षिक १६.५ कराेडदेखि ४० कराेड रूपैयाँ खुदनाफाबाट अग्राधिकार सेयरधनीका लागि लाभांसकाे रूपमा छुट्याउनु पर्दा सर्वसाधारण सेयरधनीहरू कृषिकाले २.२८, माछापुच्छ्रेकाले २.०५, नविलकाले १.४८, एनएमबीकाले १.२८, सानिमाकाले १.२१ र सिद्धार्थकाले १.९५ प्रति शेयर गुमाउँदै छन् । सक्षम र उत्कृष्ट व्यवस्थापक भनिएका प्रमुख कार्यकारी अधिकृतहरूकाे असक्षमता र बैंकका सेयरधनी माथि लादिएकाे यस्ता उच्च लागतका पुँजीगत उपकरणभन्दा व्यवसाय खुम्च्याउनु नै लाभदायी हुनसक्ने अवस्था रहन सक्छ ।
तथ्यांकहरूले त्रैमासिक रूपमा ब्याज मुल्तवी दाेस्राे त्रैमाससम्मकाे ८.५३ अर्बबाट केहि बढेर ९.२३ अर्ब पुगेकाे छ । यसमा एनअाइसी एसियाकाे सबैभन्दा बढि १.९२ अर्ब रहेकाे छ । रमाइलाे त एनअाइसी एसियाकाे खुदनाफा १४ कराेड देखिन्छ, तर त्यसमा नउठेकाे ब्याज नै १.९२ अर्ब समेत समावेस छ । यसले वास्तवमा बैंक घाटामा भन्नुपर्ने अवस्था छ । प्रभुकाे नउठेकाे ब्याज पनि १.३५ अर्ब छ, जबकी उसकाे खुदनाफा ०.८५ कराेड दावी गरिएकाे छ । सम्भावित कर्जा नाेक्सानीमा व्यवस्था (इम्पेरिमेन्ट चार्जेज) पनि दाेस्राे त्रैमासकाे २८.७९ बाट बढेर ३४.८३ अर्ब पुगेकाे छ । यस त्रैमासमा ग्लाेवलले सबैभन्दा बढि ३.९१ अर्ब इम्पेरिमेन्ज चार्ज गरेकाे छ । यसले नियामकीय सुविधा र सहजीकरणका बावजुद कर्जा असुली र ब्याज भुक्तानी प्राप्त हुन नसकेकाे संकेत देखाएकाे छ । अार्थिक गतिविध चलायमान गराउन विविध क्षेत्रकाे प्रयासका बावजुद सुस्तता कायमै रहेकाे देखिन्छ ।
Thursday, February 26, 2026
Bank KFI 2082-83

Thursday, January 29, 2026
Bank Q2 FY 2082_83 Unaudited Financial Reports
दाेश्राे त्रैमाससम्ममा बैंकहरूकाे कुल इक्विटी करिव ७.५९ खर्ब लगानीमा ३०.५९ अर्ब रूपैयाँ खुद नाफा कमाएकाे देखिन्छ । खुदनाफा मात्रै हेर्दा ठूलाे अंक र अाव २०८१–८२ पुसमसान्तकाे २७.४४ अर्ब रूपैयाँ भन्दा करिव ११.४८% ले बढेकाे देखिएता पनि इक्विटिमा प्रतिफल केवल ८% हाराहारी देखिन्छ । अहिलेकाे अवस्थामा याे खत्तम भनिहाल्न मिल्दैन, तर जाेखिम र प्रतिफलकाे सन्तुलनमा बैंकिग सेक्टर चुक्न थालेकाे महुसस हुनथालेकाे छ । चुक्ता पुँजी ३.८९ खर्बकाे अाधारमा अाैसत प्रतिशेयर अाय १६ हाराहारी देखिन्छ, यसलाइ सन्ताेषजनक नै मान्न सकिन्छ । तर यहाँ खुदनाफाबाट छुट्याइनु पर्नै बैधानिक काेषहरू, नउठेकाे ब्याज, डिबेन्चर रिडेम्पसन जस्ता नियामकीय काेषहरूमा अावश्यक व्यवस्था पछि वास्तवमा शेयरधनीलाइ वितरणयाेग्य नाफा भने १४.१० अर्बले ऋणात्मक देखिन्छ । संचालित २० बैंक मध्ये ९ बैंककाे संचित नाेक्सानी नै २८.६९ अर्ब रहेकाे छ, भने सिद्धार्थकाे २.१६ अर्ब डिबेन्चर रिडेम्पसन काेषबाट फिर्ता रकम समेत गाभेर हेर्दा बाँकी ११ बैंककाे बाँड्न मिल्ने जम्मा १७.६० अर्ब रहेकाे छ । त्रैमासिक तथ्यांकले समग्रमा बैंकिग सेक्टरका शेयरधनीले १४.१३ अर्ब गुमाएकाे भन्दा फरक नपर्ला । प्रकाशित खुदनाफा ३०.५९ अर्बमा नउठेकाे ८.५३ अर्ब ब्याज समेत समावेश रहेकाे बिर्सनु हुन्न । अझ यसमा अन्तिम लेखापरिक्षण र नियामकीय सुपरिवेक्षण पछिकाे वास्तविकता कति फरक पर्ने हाे, अनिश्चित छ ।
प्रकाशित विवरणकाे अाधारमा अलि ध्यान दिनुपर्ने चाहिँ नविल बैंककाे इम्पेरिमेन्ट, लक्ष्मी सनराइजकाे ह्वात्तै बढेकाे सम्भावित कर्जानाेक्सानी अनि हिमालयनकाे प्राथमिक पुँजीकाेष रहेकाे छ । तथ्यांकहरूले त्रैमासिक रूपमा ब्याज मुल्तवी प्रथम त्रैमाससम्मकाे ७.३१ अर्बबाट केहि बढेर ८.५३ अर्ब पुगेकाे छ । यसमा एनअाइसी एसियाकाे सबैभन्दा बढि १.४५ अर्ब रहेकाे छ । रमाइलाे त एनअाइसी एसियाकाे खुदनाफा १३ कराेड देखिन्छ, तर त्यसमा नउठेकाे ब्याज नै १.४५ अर्ब समेत समावेस छ । यसले वास्तवमा बैंक घाटामा भन्नुपर्ने अवस्था छ । सम्भावित कर्जा नाेक्सानीमा व्यवस्था (इम्पेरिमेन्ट चार्जेज) पनि प्रथम त्रैमासकाे २०.१४ बाट बढेर २८.७९ अर्ब पुगेकाे छ । यस त्रैमासमा लक्ष्मी सनराइजले सबैभन्दा बढि ४.४७ अर्ब इम्पेरिमेन्ज चार्ज गरेकाे छ । यसले नियामकीय सुविधा र सहजीकरणका बावजुद कर्जा असुली र ब्याज भुक्तानी प्राप्त हुन नसकेकाे संकेत देखाएकाे छ । अार्थिक गतिविध चलायमान गराउन विविध क्षेत्रकाे प्रयासका बावजुद सुस्तता कायमै रहेकाे देखिन्छ ।
























































