वि.सं. १९९४ मा सेयर जारी भए पनि २०४९ बाट खुला बोलकबोल (ओपन आउट क्राई) मार्फत कारोबार तथा कागजातका आधारमा राफसाफ हुँदै आएको सेयर कारोबार २०६४ बाट कम्प्युटरकृत भएको थियो । सोही वर्ष वाइड एरिया नेटवर्क (डब्लुएएन) मार्फत कारोबार सुरु गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा कारोबारको विवरण प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरियो । २०७१ मा धितोपत्रको अभौतीकरण र केन्द्रीय निक्षेपण सुरु भएसँगै प्रविधिमा आधारित हुँदै २०७२ देखि अभौतिक धितोपत्रको मात्र कारोबारबाट विद्युतीय कारोबारको युगमा प्रवेश गरेको नेपालको पुँजीबजारमा २०७३ आस्बा, सी–आस्बा हुँदै २०७५ ई–डीआईएसमार्फत सेयर कारोबार कागजरहित (पेपरलेस) बन्न पुगेको छ ।
अनलाइन कारोबार प्रणालीमहत्वपूर्ण कोसेढुंगो
कागजरहित कारोबार सुरुवात गरेको नेपाली धितोपत्र बजारमा २०७५ कात्तिक २० गते डिजिटल युगमा प्रवेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले औपचारिक शुभारम्भ गरेको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) ले तत्कालका लागि निश्चित स्थान केन्द्रित बजार तथा ब्रोकरको कम्प्युटर वा कार्यालयबाट लगानीकर्ता र कारोबारीको हातहातमा पुराएको मात्र हो । यसलाई डिजिटल कारोबारतर्फको प्रस्थान बिन्दु मान्दै लगानीकर्ता, ब्रोकर, नेप्से र अन्य सरोकारवालाहरूले आउन सक्ने प्राविधिक र व्यावहारिक समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । अबका दिनमा सिकाइका अनुभव समेट्दै र कानुनी अवरोधहरू पार गर्दै अनलाइन प्रणालीमा भुक्तानी राफसाफ (पेमेन्ट सेटलमेन्ट) समेत जोडिँदै एकै दिन किनबेच गर्न (इन्ट्राडे), अप्सन वा फ्युचर ट्रेडिङसमेत थप गर्दै लैजाने तर्फ सबैको प्रयास केन्द्रित हुनुपर्नेछ ।

नेपाली धितोपत्र बजारमा प्रयोगमा ल्याइएको स्वचालित कारोबार प्रणालीलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टम संक्षिप्तमा ‘नट्स’ भनिन्छ । इन्टरनेटमार्फत संसारको जुनसुकै ठाउँबाट लगानीकर्ता स्वयंले धितोपत्र खरिद/बिक्रीको आदेश प्रविष्ट गरी कारोबार गर्न सकिने यस प्रणालीमा कम्पनी, सूचीकरण, ब्रोकर दर्ता, सुपरीवेक्षण, जोखिम व्यवस्थापन, इन्डेक्स व्यवस्थापन, कारोबार सञ्चालनलगायतका कार्यहरू पूर्ण स्वचालित हुनेछन् । विभिन्न २० मोड्युल मिलेर बनेको ‘नट्स’ मा आवश्यकताअनुसार परिमार्जन र स्तर वृद्धि गर्न सकिने यस प्रणालीमा बिस्तारै तेस्रो पक्षहरू जस्तै क्लियरिङ बैंक र सीडीएसलाई आबद्ध गर्न सकिने जनाइएको छ । लगानीकर्ता र सेयर ब्रोकरले खरिद/बिक्री आदेश प्रविष्टि र व्यवस्थापन गर्न ‘नट्स’ को मुख्य हिस्साका रूपमा कारोबार व्यवस्थापन प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम) अर्थात ‘टीएमएस’ रहनेछ । यसमा ब्रोकरहरूले लगानीकर्ताको खाता खोल्ने, कारोबार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालय कर्मचारीको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन जस्ता काम गर्न सक्नेछन् भने लगानीकर्ताहरूले सेयर खरिद/बिक्रीको आदेश प्रविष्ट गर्ने, कारोबारको चार्ट हेर्न सकिने बताइएको छ ।
‘नट्स’ र ‘टीएमएस’ सह–प्रणालीका रूपमा स्वतन्त्र रूपमा काम गर्नेछन् । ब्रोकरको डाटा सेन्टरमा रहने ‘टीएमएस’ मा प्रविष्ट भएको खरिद/बिक्री आदेश भर्चुअल प्राइभेट नेटवर्कमार्फत नेप्सेमा रहने ‘नट्स’ डाटा सेन्टरमा पुगेर म्याचिङ इन्जिनमार्फत ‘प्राइस टाइम प्रायोरिटी’ को आधारमा स्वचालित रूपमा ब्रोकर वा लगानीकर्ताले राखेको खरिद/बिक्री आदेश म्याचिङ हुनेछन् ।
लगानीकर्ताले अपनाउनुपर्ने विधि
स्वयं अनलाइन कारोबार गर्न चाहने लगानीकर्ताले ब्रोकर कार्यालयमा उपलब्ध केवाईसी फारममा ‘अनलाइन कारोबार’ रोज्नुपर्छ । ब्रोकरले फारम रुजू गरी ‘टीएमएस’ मा लगानीकर्ताको खाता खोलेर ‘युजर नेम’ र ‘पासवर्ड’ इमेलमा पठाउनेछ भने कारोबारका लागि निश्चित रकम सीमा (लिमिट) पनि उपलब्ध गराउनेछ । दिइएको यूआरएलमार्फत निम्न विधीबाट पासवर्ड रिसेट गर्दै लगानीकर्ताहरूले अनलाइन खरिद/बिक्री आदेश दिन सक्नेछन् :
- ग्राहकले हितग्राही खाता नम्बर (डिम्याट), बैंक खाता नम्बर, इमेल, फोन नम्बर, नागरिकताको फोटोकोपी र फोटोसहितको विवरण ब्रोकर कार्यालयबाट उपलब्ध केवाइसी फारम भर्ने ।
- ब्रोकरबाट यूआरएल, युजरनेम र लिमिट प्राप्त गर्ने ।
- ब्राउजरमा तोकिएको युआरएल टाइप गरी आउने विन्डोमा ‘फरगट पासवर्ड’मा क्लिक गर्ने ।
- इमेलमा नटस् प्रणालीबाट प्राप्त हुने लिंकमा क्लिक गरी आउने विन्डोमा गएर युजरनेम र इमेल प्रविष्ट गर्ने ।
- इमेलमा प्राप्त लिंकमा गई तोकिएको सर्त (पासवर्ड पोलिसी) अनुसार पासवर्ड परिवर्तन गर्ने । यो पासवर्ड कारोबार प्रणालीमा छिर्ने तपाईंको व्यक्तिगत साँचो हुँदा निकै सुरक्षित राख्ने र अरू कसैलाई नदिने ।
- पासवर्ड रिसेटपछि अब पुन: पहिलेको यूआरएल ठेगानामा गएर लग इन गरी ‘टीएमएस’ प्रणालीमा छिर्ने । यसपछि कारोबारका एकपटक मात्र प्रयोग गर्न मिल्ने वन टाइम पासवर्ड (ओटीपी) सहितको विन्डो खुल्नेछ ।
- इमेलमा प्राप्त ओटीपी पासवर्ड उक्त विन्डोमा प्रविष्ट गरेर कारोबार गर्ने प्रणालीमा पुगी सेयर खरिद/बिक्री आदेश दिन सकिनेछ ।
प्रविधिगत चुनौतीसँगै जोखिम पनि
हिजो घरमा सुरक्षित रहेको सेयर प्रमाणपत्र अभौतिक भएसँगै डिपीको कम्प्युटर र उसको डाटा सुरक्षामा निर्भर हुन पुगेको छ भने अनलाइनमार्फत सेयर किनबेचका लागि केही अक्षरको पासवर्डमात्र होइन, इन्टरनेट, इमेल र ‘नट्स’ र ‘टीएमएस’ सफ्टवेयरको प्रणालीगत सुरक्षा र प्रभावकारितामा निर्भर हुनुपर्नेछ । यसरी प्रविधिले कारोबार प्रणालीमा पहुँच र सुविधासँगै प्रविधिगत जोखिम र चुनौती निम्त्याउनेमा पनि सजग हुनुपर्नेछ ।
(क) प्रणाली सञ्चालन : सञ्चालनमा आउने अनलाइन प्रणाली २० विभिन्न मोड्युलहरूको एकीकृत प्रणाली हो । एकैपटक सँगसँगै र स्वतन्त्र रूपमा छुट्टै पनि काम गर्ने यी मोड्युलमध्ये कुनै एक, मुख्य प्रणाली ‘नट्स’ वा लगानीकर्ता र ब्रोकरको पहुँच हुने ‘टीएमएस’ मध्ये कुनै एकमा मात्र समस्या आउँदा सिस्टमले प्रभावकारी रूपमा काम नगर्न सक्छ । बाह्य पक्षद्वारा नवीनतम प्रविधिमा आधारित रहेर विकसित यस प्रणालीको प्रभावकारी सञ्चालन र मर्मत–सम्भारका लागि आवश्यक प्राविधिक जनशक्ति र खर्च व्यवस्थापन निकै चुनौतीपूर्ण हुनेछ ।
(ख) डाटा सुरक्षा : भौतिक सेयर प्रमाणपत्रहरू अभौतिक हुँदै ईडीआरएसबाट सेयर हस्तान्तरण गर्ने पद्धतिको विकासबाट सेयरहरू केवल तथ्यांक (डाटा)मा परिणत भएका छन् । लगानीकर्ताको हातबाट प्रविधिमार्फत अरूको नियन्त्रण र सुरक्षामा पुगेका ती डाटामा पहुँच केवल केही अक्षरको पासवर्ड, इन्टरनेट र प्रणाली सञ्चालकमा निर्भर हुन पुगेको छ । यस्तै कारोबारसँग सम्बन्धित डाटाहरू र अनलाइन प्रणालीमा ‘नट्स’ र ‘टीएमएस’का बीचको सफल सञ्चार र संग्रहित डाटाहरूको भण्डार र सुरक्षा निकै चुनौतीपूर्ण हुनेछ । डाटामा पहुँच र उपयोग मात्र होइन, विशेष परिस्थितिमा समेत डाटा सुरक्षित भण्डारण गर्न डिजास्टर डाटा रिकभरी प्रणालीमा लगानी र प्राविधिक दक्षताका कारण पनि डाटा भण्डारण र सुरक्षाको सुनिश्चिता कठिन हुनेछ ।
(ग) प्रणालीमा पहुँच : प्रविधिले नेप्से, ब्रोकर, सीडीएस, डीपी, सेयर रजिस्टार, कम्पनी र लगानीकर्तालाई एकआपसमा तथ्यांक, सूचना आदानप्रदान र कारोबारका लागि सहजता प्रदान गरिरहँदा गलत मनसाय भएका व्यक्तिहरूलाई पनि प्रणालीमा पहुँच कायम गर्न सघाइरहेको हुन्छ । प्रविधिको दुरुपयोग र पासवर्ड ह्याक गरी व्यक्तिगत सूचना, पासवर्ड र रकमसमेत चोरी भएको बिर्सनु हुन्न । फेसबुक, ट्विटर, जिमेलमा अनधिकृत पहुँच होस् कि विकिलिक्स, बैंकहरूको कार्ड, स्विफ्टजस्ता काण्डहरू प्रविधिले नै सम्भव भएको हो । नेपालजस्तो प्रविधिगत सुरक्षा र लगानीमा कमजोर मात्र होइन, प्रविधिको प्रयोग, सुरक्षा र जोखिममा कम सचेत प्रयोगकर्ता भएको समाजमा लगानीकर्ताको व्यक्तिगत सूचना र डाटामा आधिकारिक व्यक्तिको मात्र पहुँचको सुनिश्चितता गम्भीर चुनौती हुनेछ । अझ इमेल र अनलाइन कारोबारका लागि अरूमा निर्भर हुनुपर्ने लगानीकर्ताहरूका कारण अनधिकृत पहुँचको चुनौती बढ्नेछ ।
जति नै नवीनतम र सुरक्षित भनिए तापनि प्रविधिगत कमजोरीका कारण अनलाइन प्रविधिले निम्त्याउने जोखिमलाई नर्कान सकिँदैन । हार्डवेयर, सफ्टवेयर, सञ्चार माध्यम र प्रविधि, स्याटेलाइट सबै अरूको भर पर्नुपर्ने अवस्थामा प्रविधिको माध्यमबाट सूचना प्रणाली सञ्चालन र सुरक्षासँगै अनधिकृत पहुँच र दुरुपयोगलाई नकार्न सकिँदैन । जतिसुकै सुरक्षित र त्रुटिरहित प्रविधि भए पनि व्यक्तिगत र व्यावसायिक स्वार्थका कारण प्रविधि जोखिमपूर्ण हुन्छ । अझ कम्प्युटर र सफ्टवेयरमा हुने न्यून लगानी, छलछाम र सुरक्षामा गरिने सम्झौताले थप जोखिम सिर्जना गरिरहेको हुन्छ ।

प्रविधिले दिएको सहजता र पहुँचको उन्मादमा हुन सक्ने उत्तेजित (इमोसनल) कारोबार नियन्त्रणभन्दा बाहिर हुनेछ । मनखुसी आदेश प्रविष्ट गर्न पाइने र कुनै अवरोधक र सहजकर्ता नहुँदा लगानीकर्ता थप जोखिममा पर्ने सम्भावना रहन्छ । यस्तै लगानीकर्ता संयमित र सचेत नहुने हो भने क्लोज आउटका कारण हुन सक्ने हानि पनि बढ्नेछ ।
सजगता र सचेतता
जतिसुकै जोखिम र चुनौतीपूर्ण भए पनि सूचना प्रविधिको वर्तमान युगमा सजगता र सचेततापूर्वक प्रविधिको प्र्रयोग गर्नुको विकल्प छैन । वर्षौंदेखि सेयर कारोबारमा सहज पहुँचका लागि आवाज उठाउँदै आएका नेपाली लगानीकर्ताहरूले अनलाइनलाई नकार्ने त कुरै हुँदैन, तर अनलाइन कारोबार गर्दै गर्दा (क) लगानीकर्ताले आफ्नो सेयरसँग सम्बन्धित तथ्यांक र सूचनामा पहुँचको ढोका पासवर्ड र इमेलको गोप्यता र सुरक्षा, र (ख) बजारसञ्चालक नेप्से, ब्रोकर, डीपी, सीडीएसले अनधिकृत पहुँच नियन्त्रण, प्रभावकारी प्रणाली सञ्चालन र डाटा भण्डारण एवम् सुरक्षामा थप सजगता र सुरक्षामा ध्यान दिइनुपर्छ । ‘नट्स’ ले उपलब्ध गराउने ‘ओटीपी’, सीडीएसले दिने ‘कन्फरमेसन कोड’ र खातामा सेयर तलमाथि हुनेबित्तिकै सोको जानकारी इमेलसँगै मोबाइलमा उपलब्ध गराउन सके थप सजग बनाउनेछ ।

काराेवार दैनिकमा २०७५ कातिक २५ गते प्रकाशित
No comments:
Post a Comment