के त्यसो भएर शेयर सँधै किन्ने मात्र हो त ?
शेयर व्यापार
शेयरको व्यापार कि लगानी गर्ने ?
|
लगानी |
व्यापार |
उद्देश्य |
दीर्घकालीन
लाभ, सम्पति आर्जन |
तत्कालिन
मुनाफा |
खरिद |
कम्पनीको
आधारभूत आर्थिक अवस्था,
व्यवसाय, व्यवस्थापन, वार्षिक मुनाफा र
प्रतिशेयर आम्दानी,
बजारमूल्य
र आम्दानीको अनुपात,
विगतमा
कम्पनीले प्रदान गरेको लाभांसको अवस्था पक्षहरुलाई विश्लेषण गरेरमात्र शेयर खरिद
गर्नुपर्दछ । |
बजारमा
कम्पनीको शेयरका माग र आपूर्तिको अवस्था, विगतदेखिको मूल्य प्रवृति, कम्पनीको आगामी योजना र त्यसले मूल्यमा पार्ने प्रभाव |
विक्री |
केहि
समयको अन्तरालमा वा आफ्नो आर्थिक आवश्यकता समाधानको लागि, कम्पनीको प्रगति
खुम्चिएको वा कम्पनीको प्रगति सन्तोषजनक नभएको अवस्थामा, खरिद गरेको
मूल्यभन्दा निकै राम्रो मूल्य आएमा, लगानीको क्षेत्र परिवर्तन गर्न वा अन्य कम्पनीमा लगानी सार्ने
अवस्थामा शेयर विक्रि गर्न सकिन्छ । |
आवश्यकता
अनुसारको मूल्य वृद्धि भएमा, बजारमा मूल्य थप
घट्ने अवस्था देखिएमा,
कम्पनीले
थप शेयर जारी गर्दा शेयरको आपूर्तिले गर्दा माग र मूल्यमा असर पर्ने देखिएमा |
विश्लेषण |
– मुख्यतः
फण्डामेन्टल र लामो अवधिका तथ्यांकहरुलाई हेर्नुपर्दछ। – लगानीमा
संभावित लाभांस हेर्नुपर्दछ र सँगसँगै बजारमा वैकल्पिक लगानीबाट प्राप्त हुन
सक्ने लाभ पनि हेर्नुपर्दछ। – लगानीका
अप्रत्यक्ष लागत जस्तो व्याज,
कमिसन
तथा शुल्क आदि समेत जोडेर वास्तविक लागत र लाभांसको आधारमा लाभ लागत विश्लेषण
गर्नुपर्दछ। – प्रति
किता औसत लागत हेर्नुपर्छ । |
– मुख्यतः
आम क्रेता वा अन्य विक्रेताहरुको मानसिक अवस्था अर्थात् मास साइकोलोजि, मूल्य प्रवृतिको
आधारमा भविष्यको मूल्य प्रक्षेपण अर्थात प्राविधिक विश्लेषण गर्नुपर्दछ। – अन्य
वस्तु तथा सेवाको तुलनात्मक लाभको विश्लेषण गर्नुपर्दछ । – खुद
लागत गणना गर्नुपर्छ । |
प्रतिफल |
प्राथमिक
रुपमाः लाभांस (नगद वा बोनस शेयर), बजारमूल्य भन्दा कम लागतमा कम्पनीबाट छुटमा थप शेयर उपलब्ध हुने, वैकल्पिक
प्रतिफलका रुपमा पुँजीगत लाभ पाइने । |
प्राथमिक
रुपमा मूल्य वृद्धिबाट हुने पुँजीगत लाभ तर केहिले काही बजारले थप मुनाफका रुपमा
बोनस र हकप्रद शेयरको लाभ हुन सक्छ। |
जोखिम |
शेयरबजारको
जोखिमसँगै दीर्घकालमा कम्पनी,
बजार, माग तथा आपूर्तिको
जोखिम समेत हुन्छ । |
बजार
निकै उतारचढाव भएको अवस्थामा मूल्य वृद्धि सँगै निकै घटेर तत्कालिन अवस्थामा
घाटा व्यवस्थापन गर्न नसकिने अवस्था पनि आउन सक्छ। |
अवसर |
– अल्पकालमा
मूल्यको उतारचढावको फाइदासँगै दीर्घकालीन पुँजीगत लाभ पाउन सकिन्छ । – बजार
उल्लेख्य घटेमा सस्तोमा थप शेयर खरिद गरेर औसत लागत घटाउँदै दीर्घकालमा मुनाफा
लिन सकिन्छ । |
– कारोवारको
मुनाफा तत्काल पाउन सकिन्छ। – तत्काल
विक्रि गरी घाटा न्यूनीकरण गर्न सकिन्छ । |
घट्दो
बजार |
थप
शेयर खरिद गरेर औसत लागत घटाउने वा तत्कालको लागि निश्चित शेयर विक्रि गरी थप
मूल्य घटाएर किन्ने । |
सस्तो
मूल्यमा थप शेयर किन्ने र केही मूल्य बढेमा सस्तो किनेको शेयर बेचेर मुनाफा
सुरक्षित गरि हाल्ने। |
बढ्दो
बजार |
भएको
शेयर मध्ये केही विक्रि गरेर पुँजीगत लाभ सुरक्षित गर्ने, वैकल्पिक लगानीको
अवसर खोजि गरी लगानी स्थानान्तरण गर्ने। |
सस्तोमा
किनेको वा लक्षित मुनाफा भएको शेयर बेच्ने र पुनः केही घटाएर किन्ने । |
Thank you so much for sharing such a useful information.
ReplyDeleteThank you sir
ReplyDelete